बादललाई विद्युतीय चार्जमार्फत् दुबईमा कृतिम वर्षा गराइयो

काठमाडौं- गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ। त्यहाँको मौसम विभागका अनुसार आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराइएको हो।

दुबईमा तापक्रम ५० डिग्री पुगेको कारण जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृत्यु भइरहेको छ। यसबाट बच्नका लागि कृतिम वर्षा गराएको हो।

दुबईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरू यसरी वर्षा गराउन विभागलाई सहयोग गर्दै आएका छन्। मौसम विभागका अनुसार ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्जमार्फत् झट्का दिएर वर्षा गराइएको हो।

‘क्लाउ सिडिङ’ नामक प्रविधिमार्फत् झट्का दिँदा बादलमा घर्षण पैदा भएर पानी पर्ने विभागले जनाएको छ।

कार्यक्रमका निर्देशक अल्या अल- मजरोवीले भने, ‘विद्युतीय चार्ज उत्सर्जन उपकरणहरू र अनुकूलित सेन्सरहरूको पेलोडबाट सुसज्जित यी ड्रोनहरू कम उचाइमा उडान गर्छन् र वायु अणुहरुलाई एक विद्युत चार्जबाट घर्षण दिन्छ, अनि पानी पर्छ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago