काठमाडौं- गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ। त्यहाँको मौसम विभागका अनुसार आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराइएको हो।
दुबईमा तापक्रम ५० डिग्री पुगेको कारण जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृत्यु भइरहेको छ। यसबाट बच्नका लागि कृतिम वर्षा गराएको हो।
दुबईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरू यसरी वर्षा गराउन विभागलाई सहयोग गर्दै आएका छन्। मौसम विभागका अनुसार ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्जमार्फत् झट्का दिएर वर्षा गराइएको हो।
‘क्लाउ सिडिङ’ नामक प्रविधिमार्फत् झट्का दिँदा बादलमा घर्षण पैदा भएर पानी पर्ने विभागले जनाएको छ।
कार्यक्रमका निर्देशक अल्या अल- मजरोवीले भने, ‘विद्युतीय चार्ज उत्सर्जन उपकरणहरू र अनुकूलित सेन्सरहरूको पेलोडबाट सुसज्जित यी ड्रोनहरू कम उचाइमा उडान गर्छन् र वायु अणुहरुलाई एक विद्युत चार्जबाट घर्षण दिन्छ, अनि पानी पर्छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…