नेकपा एमालेका नेपालसहित २२ सांसदले स्पष्टीकरणको जवाफ दिए ।

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदले आज बिहीवार स्पष्टीकरणको जवाफ पठाएका हुन् ।

फाईल फोटो

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि विश्वासको मत नपाएका ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिइ आफैँ प्रधानमन्त्री बन्न खोजेपछि त्यस्तो कार्यको विरोध स्वरूप विभिन्न क्रियाकलाप भएको र त्यसलाई विधान विपरीत भन्न नमिल्ने स्पष्टीकरण पत्रमा भनिएको छ ।

प्रतिनिधि सभाको पुनर्स्थापना र वैकल्पिक सरकार बनाउन संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रक्रियामा प्रतिनिधि सभाको सदस्यको हैसियतले सहभागी भइ मतदान गरेको स्पष्टीकरण पत्रमार्फत भनिएको छ ।

‘सम्मानित सर्वोच्च अदालतले २०७८ असार २८ गते प्रतिनिधि सभाको पुनर्स्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियामा सहभागी भइ मतदान गर्न पाउने प्रतिनिधि सभाका सदस्यको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले त्यो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नमिल्ने भनी प्रतिषेधको आदेश जारी गरेको छ’, पत्रमा भनिएको छ ।    

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago