फाइल फोटो
काठमाडौं, माघ १० । रोजगारीका क्रममा ज्यान गुमाएका १८ जना नेपाली युवाको शव एकैपटक नेपाल ल्याइएको छ।
त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा शनिवार दिउसो केही फरक दृष्य देखियो । प्राय विदेशवाट आउदै गरेका आफन्तको स्वागतको स्वागत र जाँदै गरेकाहरुलाई विदाई गर्न जम्मा हुने ठाउँ हो त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको हो।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली मध्ये ज्यान गुमाएर अलपत्र अवस्थामा परेको शवलाई नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मार्फत नेपाल ल्याइएको थियो ।
रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो। एक शवको अस्तुसहित १८ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ।
शनिवार दिउसो विमानस्थलमा जम्मा भएका मध्ये धेरैको मुहारमा कुनै उत्साह थिएन । एकखालको छटपटी र पिडा थियो । कारण विभिन्न समयका कामका लागि मलेशिया पुगेका मध्ये १८ जनाको मृत शरीर ल्याइएको थियो ।
अझै ३८ शव बाँकी
नेपाली कामदारको शव लिन निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो। वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ। मलेसियास्थित नेपाली दूतावाससँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो।
नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ। ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ। विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए।
‘नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुख दुःखमा साथमा हुनुपर्छ र छौं’, उनले भने, ‘यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ।’
महिनौँदेखि अलपत्र नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको छ। निजी क्षेत्रका जहाजले शव बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ। निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…