त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा फरक दृष्य, कमाउन गएका १८ नेपाली मलेसियाबाट बाकसमा फर्किए (फोटोफिचर)

काठमाडौं, माघ १० रोजगारीका क्रममा ज्यान गुमाएका १८ जना नेपाली युवाको शव एकैपटक नेपाल ल्याइएको छ।

फाइल फोटो

त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा शनिवार दिउसो केही फरक दृष्य देखियो । प्राय विदेशवाट आउदै गरेका आफन्तको स्वागतको स्वागत र जाँदै गरेकाहरुलाई विदाई गर्न जम्मा हुने ठाउँ हो त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल ।

फाइल फोटो

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको हो।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली मध्ये ज्यान गुमाएर अलपत्र अवस्थामा परेको शवलाई नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मार्फत नेपाल ल्याइएको थियो ।

फाइल फोटो

रोजगारीको सिलसिलामा मलेसियामा विभिन्‍न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो। एक शवको अस्तुसहित १८ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ।

फाइल फोटो

शनिवार दिउसो विमानस्थलमा जम्मा भएका मध्ये धेरैको मुहारमा कुनै उत्साह थिएन । एकखालको छटपटी र पिडा थियो । कारण विभिन्न समयका कामका लागि मलेशिया पुगेका मध्ये १८ जनाको मृत शरीर ल्याइएको थियो ।

फाइल फोटो

अझै ३८ शव बाँकी 

नेपाली कामदारको शव लिन निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो। वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ। मलेसियास्थित नेपाली दूतावाससँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो।

फाइल फोटो

नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ। ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ। विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए।

‘नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुख दुःखमा साथमा हुनुपर्छ र छौं’, उनले भने, ‘यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ।’

महिनौँदेखि अलपत्र नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको छ। निजी क्षेत्रका जहाजले शव बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ। निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago