आर्थिक अभावले गौतम बुद्ध क्रिकेट रंगशालाको काम रोकियो ।

कविकिरण न्यौपाने, टोकियो ।  जनस्तरबाट निर्माण भई रहेको बहुप्रतिक्षित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ। आर्थिक अभाव अनि बोलकबोल गरिएको आर्थिक सहयोग पनि प्राप्त नभए पछि निर्णाण कार्य बन्द हुन पुगेको छ। जस्का कारण रंगशालाको अबको भबिश्य के हुन्छ चिन्ताको विषय बनेको छ।

यतिबेला खेल मैदानमा दुबो रोप्ने र सामान्य आन्तरिक कामबाहेक अरु बन्द छन् । धुर्मुस -सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण थालेको २ वर्षभित्र बनाएर हस्तान्तरण गरिसक्ने सम्झौता गरेको थियो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको यो रंगशालामा अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । धुर्मुस -सुन्तली फाउण्डेसनले अहिलेसम्म गरेको ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्चमध्ये करिब १६ करोड २ लाख उधारो तिर्न बाँकी छ। अहिलेसम्म अभियान चलाएर उठेको रकम ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ मात्रै भएको रंगशाला निर्माण परियोजनाका आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले बताए।

आर्थिक संकलनको लागी केहि महिना अघि मात्रै र्धुमुस – सुन्तली सहित कलाकारको टोलिले मेचि – महाकाली अभियान समेत चलाएका थिए। विश्वभर अनि नेपालमा फैलिएको कोरोना संक्रमणका कारण पनि सहयोग रकम न्यून संकलन भएकाले समस्या आएको बताइएको छ। अझ आर्थिक संकलनका लागी धनधान्याचल महायज्ञ पनि गरिएको थियो । तर महायज्ञमा बोलकबोल गरिएका अधिकांश व्यक्ति तथा संघ -संस्थाले सहयोग रकम दाखिला गरेका छैनन्। ६९ करोड बोलिएकामध्ये ९ करोड रकम मात्रै उठेको छ । ‘सुरुमा धेरैले बोल्नुभयो,’ फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल भन्छन्, ‘कतिपयलाई आफू प्रतिष्ठित देखिने रहर पनि भयो होला, हौसिएर बोल्नुभयो । तर, दिन गाह्रो भयो ’ कट्टेलको अनुरोध छ, ‘रंगशाला निर्माण भयो भने सबैको गौरव बढ्ने हो, सबैले मेरै हो भन्ने हिसाबले सहयोग गर्नुस् ।’ जापान लगाएत विश्वभरबाट नेपाली तथा नेपालीहरुको संघ – संस्थाहरुबाट प्रतिबद्धता गरिएका सहयोग सामाग्री तथा रकम पनि नआएको बताइएको छ। 

सबैको साथ र सहयोग भयो र स्रोत जुट्यो भने ६ महिनादेखि १ वर्षसम्ममा पूरै संरचना नै तयार हुने धुर्मुस -सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले (धुमुस )बताए । तर, सहयोग जुटेको अहिलेसम्मको अवस्था हेर्दा त्यसो भइहाल्ने देखिँदैन । ‘यति धेरै बक्यौता तिर्ने मेरो सामथ्र्य छैन’, उनले भने, ‘मैले त सरकारलाई नै गुहार्ने हो, किनकि हिजो सरकारकै उपस्थितिमा घोषणा भएको हो, जवाफदेही सरकार पनि हुनुपर्छ । त्यसैलेआर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना लिएर गएको उनले बताए।

त्यसै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका अनुसार   कोविटका कारण आर्थिक संकलन हुन नसकेर यस्तो समस्या आएको हो , चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा उनले भनिन यो रंगशालामा धेरै नेपालीको पसीना परेको छ, सबैको प्रयासले मात्र यो निर्माण सम्भव छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago