एनआरएनए नागोयाको बिबाद मिल्यो , यौट्टै समिति निर्माण

नागोया , जापान । केहि समय देखि बिवादमा जेलिएको एनआरएनए नागोयाको बिबाद मिलाउने नैतिक दबाव त्यस क्षेत्रका एनआरएनए नेताहरुलाई परेको बेला समस्या समाधान गरिएको बताइएको छ।

समस्या समाधान गर्न पटक-पटक छलफल गरिए पनि समाधान निस्केको थिएन । पछिल्लो समय एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द्र श्रेष्ठ, उप- संयोजक पारशमणि पोखरेल, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल , एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितल लगाएतको उपस्थितिमा भएको छलफलले बिवाद समाधान भयो भनिए पनि मनोजबम मल्ल र गंगा धर्तिमगरले स्वाकार गरेका थिएनन । त्यसपछि पनि दुबै पक्षलाई मिलाउन नागोयामा लागिपरिएको र त्यो सफल भएको एनआरएनए नागोयाका संस्थापक सदस्य एवं दर्शन समाज जापानका संरक्षक सुरज मल्लले बताए।

बुधवार दबै पक्षमा सहमति भई सयुक्त समिति बनेको बताइएको छ। क्षेत्रिय समितिको संरक्षकमा गंगा धर्तिमगर रहेका छन् भने संयोजकमा मनोजबम मल्ल रहेका छन्। उप- संयोजकमा भैरबप्रसाद अधिकारी, यमन देवन , बिकास राना मगर र भेषराज गौतम रहेका छन्। त्यस्तै सचिवमा विष्णु कार्की छन् भने सह- सचिवमा बिनोद कुमार सापकोटा, पवन पाण्डे र निलम राउत रहेका छन्। कोषाध्यक्ष यम वहादुर पाइजा छन् भने सह-कोषाध्यक्षमा सरोज बडाल र गोविन्द्र भूषाल छन् । कार्य समितिको सदस्यहरुमा कुशल पौडेल, सन्जय मन्डेला, मित्रलाल सिग्देल, नरेश राई र दलवहादुर कार्की रहेका छन्। अन्य सदस्यहरुमा सावित्री गुरुङ्ग , रमेश श्रेष्ठ, चिना रोक्का, सुजन कार्की, मनोज ढुङ्गाना, भानु पुरी, ईश्वर बस्नेत र शिव न्यौपाने छन्।

समाज सेवा गर्न सबै जना मिल्नु पर्ने भएकोले यस अघि जे भएपनि सबैजना मिलेर अघि बढ्न संयोजक मनोजबम मल्लले आग्रह गरे। त्यस्तै संरक्षक गंगा घर्तिमगरले यस समितिलाई आफ्नो पूर्ण सहयोग रहने बताउँदै सबै मिल्नुको बिकल्प नरहेको बताए। नागोयामा यस टिमले उदारिणय काम गरेर देखाउने उनको भनाई छ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago