{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1626948888282","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1626948870717","source":"other","origin":"unknown"}
नागोया , जापान । केहि समय देखि बिवादमा जेलिएको एनआरएनए नागोयाको बिबाद मिलाउने नैतिक दबाव त्यस क्षेत्रका एनआरएनए नेताहरुलाई परेको बेला समस्या समाधान गरिएको बताइएको छ।
समस्या समाधान गर्न पटक-पटक छलफल गरिए पनि समाधान निस्केको थिएन । पछिल्लो समय एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द्र श्रेष्ठ, उप- संयोजक पारशमणि पोखरेल, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल , एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितल लगाएतको उपस्थितिमा भएको छलफलले बिवाद समाधान भयो भनिए पनि मनोजबम मल्ल र गंगा धर्तिमगरले स्वाकार गरेका थिएनन । त्यसपछि पनि दुबै पक्षलाई मिलाउन नागोयामा लागिपरिएको र त्यो सफल भएको एनआरएनए नागोयाका संस्थापक सदस्य एवं दर्शन समाज जापानका संरक्षक सुरज मल्लले बताए।
बुधवार दबै पक्षमा सहमति भई सयुक्त समिति बनेको बताइएको छ। क्षेत्रिय समितिको संरक्षकमा गंगा धर्तिमगर रहेका छन् भने संयोजकमा मनोजबम मल्ल रहेका छन्। उप- संयोजकमा भैरबप्रसाद अधिकारी, यमन देवन , बिकास राना मगर र भेषराज गौतम रहेका छन्। त्यस्तै सचिवमा विष्णु कार्की छन् भने सह- सचिवमा बिनोद कुमार सापकोटा, पवन पाण्डे र निलम राउत रहेका छन्। कोषाध्यक्ष यम वहादुर पाइजा छन् भने सह-कोषाध्यक्षमा सरोज बडाल र गोविन्द्र भूषाल छन् । कार्य समितिको सदस्यहरुमा कुशल पौडेल, सन्जय मन्डेला, मित्रलाल सिग्देल, नरेश राई र दलवहादुर कार्की रहेका छन्। अन्य सदस्यहरुमा सावित्री गुरुङ्ग , रमेश श्रेष्ठ, चिना रोक्का, सुजन कार्की, मनोज ढुङ्गाना, भानु पुरी, ईश्वर बस्नेत र शिव न्यौपाने छन्।
समाज सेवा गर्न सबै जना मिल्नु पर्ने भएकोले यस अघि जे भएपनि सबैजना मिलेर अघि बढ्न संयोजक मनोजबम मल्लले आग्रह गरे। त्यस्तै संरक्षक गंगा घर्तिमगरले यस समितिलाई आफ्नो पूर्ण सहयोग रहने बताउँदै सबै मिल्नुको बिकल्प नरहेको बताए। नागोयामा यस टिमले उदारिणय काम गरेर देखाउने उनको भनाई छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…