बिपि कोइरालाको स्मृति दिवस, समृद्ध मुलुक निर्माणमा एकजुट हुन मुख्यमन्त्रीको आग्रह

पोखरा, ६ साउन । नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ३९ औ स्मृति दिवसको अवसरामा श्रद्धाञ्जली अर्पण गरिएको छ ।गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक बिज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
बिज्ञप्तिमा पोखरेलले “नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री , बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रबिन्दु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक , नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ३९ औ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु” भन्नुभएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनार्थ कठोर संघर्ष गर्नुभएका विपी कोइरालाको योगदान नेपाली साहित्यका क्षेत्रमा समेत उत्तिकै उज्ज्वल छ । जहानीय राणा शासनबाट नेपाल र नेपालीलाई मुक्त गर्न , प्रजातान्त्रिक विचारधाराको विकास र विस्तारमा योगदान गर्न , मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न , नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न उहाँले गरेको योगदानको जति नै प्रशसा गरे पनि पुग्दैन । विपीका गतिशील र कालजयी विचारले गर्दा आज पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन , राष्ट्रियता , विकास र स्थायित्वको पर्यायवाची शक्तिको रुपमा रहेको छ । यसको जगेर्ना हामी सबैको दायित्व हो । राष्ट्रियताको सवालमा उहाले लिनुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा झन् बढ्दै गएको छ । लोकतन्त्र र संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपीका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएका छन् । भने प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा युगनायक बिपी कोइरालाको योगदान आफैमा महत्वपूर्ण छ । मुलुक र नागरिकको हितका लागि उहाँले थाल्नु भएको दुरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको छ । सत्तामा रहँदा र नरहंदा उहाँले जहिल्यै पनि मुलुक र जनतालाई नै केन्द्रबिन्दुमा राख्नुभयो । राजनीति परिवर्तनको महसुस नागरिकले आर्थिक समृद्धिमार्फत गर्न पाउनुपर्छ भन्ने उहाँको धारणा थियो । नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने हुदा राजनीतिको मुल ध्येय जनताको सेवा हो भन्नेमा उहाँको स्पष्ट दृष्टिकोण थियो । मुलुकले अहिले पनि उहाले देखाएको बाटोलाई नै अनुशरण गर्दै आएको छ । बिपी कोइरालाले अगाडि सार्नुभएका प्रजातान्त्रिक सिद्धान्त र विचारलाई अवलम्बन गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोयाउन सके मात्र उहाप्रतिको सम्मान हुनेछ भन्ने मलाई लागेको छ । बिज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री पोखरेलले मुलुक र नागरिकका समुन्नतिका लागि बिपी कोइरालाकै सिद्धान्तलाई अंगीकार गरौ , उहाले देखाएको प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बन गरौं र समृद्ध मुलुक निर्माणको अभियानमा एकजुट हुन प्रजातन्त्रप्रति विश्वास गर्ने सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्नुभएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago