सिमकार्ड लिन अब नागरिकता र फोटो बोकेर हिँड्नु नपर्ने

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकता बोकेर सेवाप्रदायकको कार्यालयमा सिमकार्ड लिन जानु पर्ने व्यवस्थाको अन्त्य गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले डिजिटल केवाईसी (नो योर कस्टमर) अर्थात ग्राहक पहिचान विवरण सम्बन्धी सिस्टम लागू गर्ने भएको हो ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत उक्त कार्यक्रम तय गरेको हो । जसमा प्राधिकरणले चालु आवको अन्त्यसम्म डिजिटल केवाईसी सिस्टम कार्यान्व्यनमा ल्याउने जनाएको छ । त्यसका लागि प्राधिकरणले ४० करोड बजेट छुट्याएको छ ।

‘सिमकार्ड लिन जाँदा सेवा सेवाग्राहीले नागरिकता, फोटोलगायतका आवश्यक कागजपत्र बोकेर जानुपर्ने दिनको अन्त्य गर्ने योजनाका साथ डिजिटल केवाईसीको तयारी गरिएको हो,’ प्राधिकरणका सहप्रवक्ता अच्चुतानन्द मिश्रले भने, ‘विशेषगरी यो सिस्टम राष्ट्रिय परिचयपत्रसँग जोडिने छ ।’

दूरसञ्चार सेवाप्रदायकको ग्राहकको जानकारीलाई सेमत राष्ट्रिय परिचयपत्रसँग जोड्ने गरी यो सिस्टम लागू गर्न लागिएको मिश्रले बताए । यसबाट दूरसञ्चार सेवाप्रदायकको ग्राहक पहिचान गर्न, ग्राहकले लिएका विभिन्न सेवाको पहिचान गर्नसमेत मद्धत पुग्ने उनको भनाइ छ ।

मिश्रका अनुसार यो सिस्टम लागू भएसँगै ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बर बुझाएको भरमा कुनै पनि सेवा लिन सक्नेछन् । त्यसका लागि यो सिस्टम सेवाप्रदायकको सिस्टममा समेत जडान गरिने छ ।

साथै कुन ग्राहकले हालसम्म कुन सेवाप्रदायकको कति वटा सिमकार्ड लिएका छन भन्ने विवरण पनि यो प्रणालीबाट थाहा पाउन सकिने जनाइएको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago