६ जेठ, हेटौंडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाटआजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना सुरु गर्ने योजना छ ।मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फतसार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।
बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान सुरु भएको छ । स्थानीय तहबाट धुलिखेलनगरपालिकाका प्रमुख र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरे । मतदानको समय दिउँसो ३ बजेसम्मनिर्धारण गरिएको छ ।
निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपालमजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।
उम्मेदवारहरु आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशसभा सदस्य, बागमती प्रदेश अन्तर्गतकापालिकाका प्रमुख र उपप्रमुखले मात्र भोट हाल्न पाउँछन् ।
उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य ११० तथा वागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी ३४८ मतदाता छन् ।मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ रपालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।
नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमाउपनिर्वाचन गरिएको हो ।
फुङ्लिङ (ताप्लेजुङ), वैशाख ९ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा बोलेरो गाडीमा भएको आगलागीमा परी…
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…