क्रियाशिल स्वतन्त्र पत्रकारकाे नेतृत्व खाेजाै

जिबलाल सुवेदी ।
नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको अधिबेशन यहि चैत्र २५ गते हुदैछ । स्वतन्त्र हुनुपर्ने संस्थामा दलहरूवाट नै प्रतिनिधि चयन गरिदै छ । दलहरूको सिफारिसमा प्रतिनिधि जाने भएकाे कारणले वास्तविक पत्रकार त्यहा पुग्न सक्दैनन् । दलकाे नजिक भएको ब्यक्तिले संस्थाको नेतृत्व गर्न पुग्छ ।

संस्थाको सदस्यता लिएकाे तर पत्रकारिता क्षेत्रमा ज्ञान नएकाे पत्रकार त्याहा पुग्छ र दलकाे कुरा लाई धेरै ध्यान दिन्छ । वास्तविक पत्रकारिता गरेर खानेकाे समस्या वुझ्दैनन । जहिले पनि ती श्रमिक पत्रकारका समस्या जहाकाे त्यहि रहन्छ । वास्तविक समाचार पनि बाहिर अाउन पाउदैन । यसले गर्दा समाज र देशका समस्याहरू पनि जहाकाे त्यहि रहन्छन । पत्रकारका हक हित अधिकार हराउदै जान्छ र पत्रकारिता फिल्डमा आउने पत्रकार पनि चिन्तित वन्दै फर्किन्छ । किन भन्दा वास्तविक समाचार लेख्न सक्दैन याे किन हुन्छ त भन्दा याे देश चलाउने दलका नेताहरूले हाे त्यहि दलका नेताका कार्यकर्ता पत्रकारकाे उच्च पदमा पुगेकाे हुन्छ । त्यहि वाट वास्तविक घटेका घटना बाहिर आउन पाउदैन । दुर्भाग्य भनौं कतिपय पत्रकारहरू किन मारिन्छन भन्दा वास्तविक पत्रकारिता गर्दा नेपालमा पत्रकारहरू धेरै असुरक्षित हुने कारण पनि यहि हाे ।                                                                         “अवकाे नेतृत्व पत्रकारिता बुझेको, समस्यालाई सामाधान गर्न सक्ने, आफ्ना हकहितलाई संरक्षकत्व प्रदान गर्न सक्ने सबल ब्यक्ती र नेतृत्व खाेजिगरि चयन गर्नु पर्छ । नेतृत्व तह, सञ्चार माध्याम र सन्चारकर्मी सबै स्वतन्त्र हुनुपर्छ ।” 

राज्यले पत्रकारकाे लागि कुनै पनि सुविधा दिएकाे छैन यसले गर्दा कति मिडियाहरू खुल्छन र हराउदै जान्छन । पत्रकार पालिने भनेकाे मुख्यत विज्ञापन नै हाे राज्यका ठुला ठुला विज्ञापन हुन्छन । सिधै मिडियालाई नदिएर विचाैलिया लाई दिन्छन । याे पनि पहुच भएकाले मात्र पाउछ यसले गर्दा पनि धेरै मिडियाहरू खुल्छन बन्द हुन्छन् । वास्तमा भन्ने हाे भने पत्रकार लाई दलगत जान दिनु हुदैन पत्रकारलाई स्वतन्त्र हुन दिनु पर्छ । जसले पत्रकारका पिरमर्का वुझेकाे छ जाे पत्रकार कापिकलम लिएर दिन रात खटेकाे छ उहीँ पत्रकारलाई नेतृत्व दिने हाे भने पत्रकारिता क्षेत्रकाे विकास हुन्छ र पत्रकारहरू पनि हासेकाे देख्न पाईन्छ ।
पत्रकारिता नगर्ने ब्यक्ति सदस्य हुदैमा नेतृत्व तहमा जान दिन हुँदैन । वास्तविक पत्रकारहरूले कतिपय पत्रकारले वास्तविक समाचार वनाउन सक्दैनन् अाज लेख्ने हाे भाेलि के हुने हाे भनेर लेख्नु भन्दा पहिल्यै डरले कामेर कालाे र निलाे हुन्छन । वास्तविक समाचार बाहिर ल्याउन पनि यहाँ दलकाे अाड चाहिने देखिन्छ । यसले गर्दा धेरै पत्रकार वास्तविक पत्रकार वन्न सकेका छैनन अार्थिक देखि डर धम्की सहन नसकेर अर्को विकल्प राेज्छन । याे राज्य पाउने सुरक्षाकाे अनुभुति पत्रकार लाई छैन । अर्कोतर्फ दिनभरि काम गरेर साझ विहान खाने समस्या छ । पत्रकारलाई अब मिडिया दर्ता हुनु पुर्व राज्य वाट पाउने सुविधाकाे काे राम्रो व्यवस्था नभए सम्म रूनका लागि मिडिया नखाेलाै । अब वन्ने पत्रकारको नेतृत्वले मिडिया चलाउने पत्रकार लाई हरेक कुरामा सुविधाको ग्यारेन्टी ल्याएर मात्र मिडिया दर्ता दिने व्यस्था मिलाउनु पर्छ ।
अवकाे नेतृत्व पत्रकारिता बुझेको, समस्यालाई सामाधान गर्न सक्ने, आफ्ना हकहितलाई संरक्षकत्व प्रदान गर्न सक्ने सबल ब्यक्ती र नेतृत्व खाेजिगरि चयन गर्नु पर्छ । नेतृत्व तह, सञ्चार माध्याम र सन्चारकर्मी सबै स्वतन्त्र हुनुपर्छ ।

लेखक स्वतन्त्र पत्रकार संघ नेपालका महासचिब हुनुहुन्छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago