पत्रकार सापकोटा र एनआरएनएका मल्ल विचको बिवाद मिल्यो

नागोया , जापान । नेपाल पत्रकार महासंघ, जापानका संस्थापक सदस्य एवं पूर्व उपाध्यक्ष विनोदकुमार सापकोटालाई समाचार लेखेको विषयलाई लिएर गैर आवासीय नेपाली संघ जापान , (एनआरएनए) नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोजबम मल्लले अपशब्द प्रयोग गरि धम्याएको विषयको विवाद मिलेको छ। उक्त घटना बारे प्रेस विज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ, जापान साखाले विरोध जनाउँदै समस्या समाधानको लागि नेपाल पत्रकार महासंघ, जापान साखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार कविकिरण न्यौपानेलाई अनुरोध गरेको थियो। सरोकारहरु संगको छलफल पछि दुबै जनालाई सहमतिमा ल्याएको न्यौपानेले बताए ।

गैर आवासीय नेपाली संघ जापान , (एनआरएनए) नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोजबम मल्लले गल्ती स्विकार गर्दै अब उपरान्त त्यस्तो नहुने बताएका छन्। सधै आफुले पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्ने समेत उनले बताए। त्यस्तै पत्रकार विनोदकुमार सापकोटाले प्रवासमा अझ सबै नेपालीको एकता आवश्यक भएको तर्क राखे। बिवाद समाधानको लागि सरोकारवाला दुबै पक्ष , बिवाद समाधानका लागि भूमिका निर्भाह गरेका पत्रकार कविकिरण न्यौपाने , एनआरएनए जापानका सचिव विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल , एनआरएनए जापानका कार्य समिति सदस्य बाबुराम खरेल लगाएतको उपस्थिति थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago