{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1626654221671","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1626654215136","source":"other","origin":"unknown"}
नागोया , जापान । नेपाल पत्रकार महासंघ, जापानका संस्थापक सदस्य एवं पूर्व उपाध्यक्ष विनोदकुमार सापकोटालाई समाचार लेखेको विषयलाई लिएर गैर आवासीय नेपाली संघ जापान , (एनआरएनए) नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोजबम मल्लले अपशब्द प्रयोग गरि धम्याएको विषयको विवाद मिलेको छ। उक्त घटना बारे प्रेस विज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ, जापान साखाले विरोध जनाउँदै समस्या समाधानको लागि नेपाल पत्रकार महासंघ, जापान साखाका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार कविकिरण न्यौपानेलाई अनुरोध गरेको थियो। सरोकारहरु संगको छलफल पछि दुबै जनालाई सहमतिमा ल्याएको न्यौपानेले बताए ।
गैर आवासीय नेपाली संघ जापान , (एनआरएनए) नायोगाका मल्ल पक्षीय क्षेत्रीय समितिका संयोजक मनोजबम मल्लले गल्ती स्विकार गर्दै अब उपरान्त त्यस्तो नहुने बताएका छन्। सधै आफुले पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्ने समेत उनले बताए। त्यस्तै पत्रकार विनोदकुमार सापकोटाले प्रवासमा अझ सबै नेपालीको एकता आवश्यक भएको तर्क राखे। बिवाद समाधानको लागि सरोकारवाला दुबै पक्ष , बिवाद समाधानका लागि भूमिका निर्भाह गरेका पत्रकार कविकिरण न्यौपाने , एनआरएनए जापानका सचिव विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल , एनआरएनए जापानका कार्य समिति सदस्य बाबुराम खरेल लगाएतको उपस्थिति थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…