अक्सिजन प्लान्टमा जस लिन नेताको हानथाप, सिद्धबाबा सुरुङ्ग मार्ग जस्तै नबनोस: सर्बसाधारण

भविन्द्र गौतम, पाल्पा । यतिबेला अक्सिजन प्लान्ट र पाइपालाइन बिस्तार गर्ने विषय चर्चामा छ । सरकारले नेपालका विभिन्न १२ अस्पतालमा अक्सिजन प्लान्ट र पाइपालाइन बिस्तारका लागी रकमको ब्यवस्थापनको बिषयले चर्चा पाएको छ । नेपाल सरकार अर्थमन्त्रालयको माननीय मन्त्रीस्तर निर्णयबाट अक्सिजन प्लान्ट र पाइपालाइन बिस्तारका लागी खरिद प्रक्रिया अगाडी बढाउन २०७८ बैशाख ४ गतेको चलानी नम्बर २३०९ को पत्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ। जसमध्ये १ करोड ५० लाख रुपैयाँ पाल्पा अस्पतालको लागी छुट्टयाइएको छ । यो रकमबाट अक्सिजन प्लाण्ट र पाईप लाईन विस्तारका लागि खरिदप्रक्रिया गर्न सक्ने पत्रमा उल्लेख छ ।
रकमको सुनिश्चितता भएपछी जिल्लामा भने नेताहरु आफुहरुले जसलिनेमा हानाथाप गरेका छन् । उक्त रकम ल्याउन आफूले पहल गरेको भन्दै सामाजिक सञ्जालमा प्रचारबाजी गरेका छन । नेताहरुको प्रचारबाजी चलिरहदा सर्बसाधारण भने सिद्धबाबा सुरुङ्गमार्ग जस्तै नबनोस भनेर ध्यानाकर्षण गराएका छन।
जिल्ला डिसिसिएमसीको सोमबार बसेको बैठकले अक्सिजन आपूर्तिमा समस्या भएकोले जिल्ला अस्पतालले यसबारे अध्ययन गरि सम्वन्धित निकायमा बजेट माग गर्ने निर्णय गरेको थियो । पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेका अनुसार कोभिड १९ को बिरामी बढिरहेको अवस्थामा जिल्लामा अक्सिजन प्लान्ट नहुँदा अक्सिजन आपूर्ति गर्न समस्या भएकोले पाल्पा अस्पताललमा अक्सिजन प्लान्ट स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारमा बजेट माग गरिएको थियो ।

अक्सिजन प्लान्ट, तस्बिर गुगल

प्लान्टको विषयमा पाल्पा क्षेत्र नम्बर १ का सांसद माननिय दल बहादुर रानाले आफ्नो फेसबुकमा यसरी लेख्नुभएको छ । “पाल्पा जिल्ला समन्वय समिति र कोभिड १९ संकट ब्यबस्थापन समिति पाल्पाको निर्णय अनुसार जिल्ला सरकारी अस्पतालको माग, स्वास्थ्य मन्त्रालयको निर्णय र बजेट मागको आधारमा अर्थ मंत्री ज्यू ले आजकै मितिमा पाल्पामा तत्काल अक्सिजन प्लान्टको स्थापना गर्न रु १ करोड ५० लाख (एक करोड पचास लाख) बजेट स्विकृत गर्नु भएको व्यहोरा सबैलाई जानकारी गराउदै अर्थ मंत्री ज्यू स्वास्थ्य मंत्री ज्यू लगायत सम्बध्द सम्पुर्णमा धन्यवाद तथा आभार प्रकट गर्दछु।”

यस्तै क्षेत्र नम्बर १ का सांसद माननिय सोम प्रसाद पाण्डेले आफ्नो फेसबुकमा यसरी लेख्नुभएको छ ।
“अक्सिजन प्लान्टका लागि डेढ करोड !! कोभिड १९ संकट व्यवस्थापन समिति पाल्पाको माग वमोजिम स्वास्थ्य मन्त्रालयको सिफारिशमा अर्थ मन्त्रालयले पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न १ करोड ५० लाख रूपैयाँ स्वीकृत गरेको छ । अक्सिजन प्लान्ट निर्माण गरी कोरोना संक्रमितको उपचारमा सहज बनाउन यो निर्णय फलदायी हुनेछ । माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यू र माननीय स्वास्थ्यमन्त्रीज्यूलाई धन्यवाद ।”

जिल्ला समन्वय समितीपाल्पाकी कार्यबाहक प्रमुख मिरा मरासिनीले भने अलि फरक ढंगले धन्यवाद दिनुभएको छ । मरासिनीको धन्यवाद क्षेत्र नम्बर १ का सांसद लक्षित छ “जिल्ला समन्वय समिति पाल्पा को जुम बैठक तथा जिल्ला कोभिड संकट ब्यबस्थापन समिति को निर्णय अनुसार पुर्ब मन्त्री प्रतिनिधि सभा सदस्य माननीय दलबहादुर राना को निरन्तर प्रयासमा पाल्पा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि १ करोड ५० लाख (एक करोड पचास लाख ) अर्थ मन्त्रालय बाट स्वीकृत भएकोमा हार्दिक धन्यवाद माननिय अर्थ मन्त्री माननीय स्वास्थ्य मन्त्री लगायत सहयोग गर्ने सम्पूर्ण लाइ जिल्ला समन्वय समिति पाल्पा ।।”

तर सर्बसाधारणको बुझाई भने अलि फरक छ ।सर्बसाधारणले भने प्लान्ट निर्माण हुन्छ भन्नेमा बिस्वस्त हुन भने सकेका छैनन । एक सर्बसाधारण एसके झमान ले यसरी आफ्नो प्रतिक्रिया सार्बजनिक गर्नुभएको छ “हिजो पनि त पाल्पा सिद्धबाबा सुरुङ्ग मार्ग को लागि बजेट त छुट्याईएकै हो नि हैन र ??? कुरो उस्तै त होला अक्सिजन प्लान्ट को पनि।”

अक्सिजन प्लान्ट स्थापना गर्न डेढ कराेड बजेट विनियाेजन हुनु पाल्पाबासिको लागी सकारात्मक पक्ष हो । तर आफुहरुले जसलिने होडबाजीले गर्दा काम प्रभावित हुनुहुदैन । आफ्नो क्षेत्रमा बिकासनिर्माण र जनताका आधारभुत आवस्यकता पूरा गराउने दायित्व जनप्रतिनिधि र सरकारको हो।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago