सेती अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान, संक्रमितको उपचारमा सहज

 धनगढी, जेठ ५। सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ ।

संघीय सरकारले खरिद गरेर पठाएका अस्पतालले २४ सहित ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर सेवा दिन थालेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संघीय सरकारबाट प्राप्त भएका २४, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ र धनगढीका हार्डवयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका ३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट संक्रमितलाई अक्सिजन दिन थालिएको जानकारी दिए ।

अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिन्डर भरेर संक्रमितको वेडसम्म पुगाउनुपर्ने झन्जट समेत हटेको बताउँदै श्रेष्ठले अहिले प्लान्टबाट सोझै पाइप जोडेर अक्सिजन दिन थालिएको बताए । जसले संक्रमितको उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पतालमा अहिले एक सय २२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये १६जनाको आईसीयू, एक सय एक जना अक्सिजन सपोट र ५ जनालाई आवश्यकताका आधारमा अक्सिजन दिएर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago