घरदैलोमा परिवार नियोजन शिविर संचालन, स्थानीय खुसी

पाल्पा, ७ फाल्गुन । कोरोना संक्रमणको कारणले परिवार नियोजन सेवा लिनबाट बञ्चित भएका सेवाग्राही आफ्नै घरदैलोमा सेवा पाएपछि खुशी भएका छन । तिनाउ गाउँपालिका १ कचलमा स्थायि बन्ध्याकरण तथा एकिकृत परिवार नियोजन शिविर संचालन भएपछि उनिहरु खुसी भएका हुन । स्वास्थ कार्यालय पाल्पा र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । यसको समन्वय तिनाउ गाउँपालिकाले गरेको थियो ।

शिविरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण, ?लामो अवधिको अस्थायी साधन, पाठेघरको मुखको क्यान्सर परिक्षण (VIA) एवं एकीकृत प्रजनन स्वास्थ्य सेवा शिविरमा प्रदान गरिएको शाखाका प्रबन्धक शोबाकान्त न्यौपानेले बताउनुभयो । शिविरमा इम्प्लानट सेवा २८ जना, आइ. यु. सिडि १ जना,पाठेघरको मुखको क्यान्सर परिक्षण ४६ जना, पुरुषहरूको स्थायी बन्ध्याकरण भ्यासेकटोमि सेवा ४ जनाले लिएको शाखा प्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिका वडा नं १ को कचल स्वास्थ्य चौकिमा आयोजित कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले गाउँठाउँमै आएर सेवा दिएको प्रति आयोजक प्रति धन्यवाद दिनुभयो । उपाध्यक्ष थापाले परिवार नियोजनको यस प्रकारको सेवा प्रवाहाले सन्तानको इच्छा भएका र पुरा भएका दुबैलाई फाइदा पुग्ने बताउनुभयो । साथै उहाँले यस्तै खालको शिविरलाई तिनाउका विभिन्न ठाउँमा निरन्तरता दिन समेत आग्रह गर्नुभयो  ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत ओम प्रकाश पन्थी, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन सुपरभाइजर प्रभास पन्थी लगायतले मन्तब्य राख्दै लकडाउनले प्रजनन दरमा वृद्धि हुन सक्ने प्रक्षेपण विभिन्न अनुशन्धानले गरेको भन्दै परिवार नियोजनको फाइदा, साधन राखेपछि ध्यानदिनुपर्ने उपाय, जन्मन्तर, पोषण खाना, खोल आवश्यकता र महत्व, गर्भ अवस्थामा ध्यान दिनुपर्ने उपाय, भेदभाव लञ्छाना कसरी थाहा पाउने लगायतको बारेमा जानकारी दिनुभएको थियो ।

बन्दाबन्दीका कारण सेवा लिन सदरमुकाम तानसेन र बुटवल जान नपाएका महिला दिदिबहिनिहरुले आफ्नै गाउँठाउँमा सेवा दिएको प्रति धन्यवादन समेत दिएका छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago