घरदैलोमा परिवार नियोजन शिविर संचालन, स्थानीय खुसी

पाल्पा, ७ फाल्गुन । कोरोना संक्रमणको कारणले परिवार नियोजन सेवा लिनबाट बञ्चित भएका सेवाग्राही आफ्नै घरदैलोमा सेवा पाएपछि खुशी भएका छन । तिनाउ गाउँपालिका १ कचलमा स्थायि बन्ध्याकरण तथा एकिकृत परिवार नियोजन शिविर संचालन भएपछि उनिहरु खुसी भएका हुन । स्वास्थ कार्यालय पाल्पा र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । यसको समन्वय तिनाउ गाउँपालिकाले गरेको थियो ।

शिविरमा परिवार नियोजनको स्थायी बन्ध्याकरण, ?लामो अवधिको अस्थायी साधन, पाठेघरको मुखको क्यान्सर परिक्षण (VIA) एवं एकीकृत प्रजनन स्वास्थ्य सेवा शिविरमा प्रदान गरिएको शाखाका प्रबन्धक शोबाकान्त न्यौपानेले बताउनुभयो । शिविरमा इम्प्लानट सेवा २८ जना, आइ. यु. सिडि १ जना,पाठेघरको मुखको क्यान्सर परिक्षण ४६ जना, पुरुषहरूको स्थायी बन्ध्याकरण भ्यासेकटोमि सेवा ४ जनाले लिएको शाखा प्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिका वडा नं १ को कचल स्वास्थ्य चौकिमा आयोजित कार्यक्रमको उद्घघाटन गर्दै गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले गाउँठाउँमै आएर सेवा दिएको प्रति आयोजक प्रति धन्यवाद दिनुभयो । उपाध्यक्ष थापाले परिवार नियोजनको यस प्रकारको सेवा प्रवाहाले सन्तानको इच्छा भएका र पुरा भएका दुबैलाई फाइदा पुग्ने बताउनुभयो । साथै उहाँले यस्तै खालको शिविरलाई तिनाउका विभिन्न ठाउँमा निरन्तरता दिन समेत आग्रह गर्नुभयो  ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत ओम प्रकाश पन्थी, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन सुपरभाइजर प्रभास पन्थी लगायतले मन्तब्य राख्दै लकडाउनले प्रजनन दरमा वृद्धि हुन सक्ने प्रक्षेपण विभिन्न अनुशन्धानले गरेको भन्दै परिवार नियोजनको फाइदा, साधन राखेपछि ध्यानदिनुपर्ने उपाय, जन्मन्तर, पोषण खाना, खोल आवश्यकता र महत्व, गर्भ अवस्थामा ध्यान दिनुपर्ने उपाय, भेदभाव लञ्छाना कसरी थाहा पाउने लगायतको बारेमा जानकारी दिनुभएको थियो ।

बन्दाबन्दीका कारण सेवा लिन सदरमुकाम तानसेन र बुटवल जान नपाएका महिला दिदिबहिनिहरुले आफ्नै गाउँठाउँमा सेवा दिएको प्रति धन्यवादन समेत दिएका छन ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago