नेपाल नालन्दाको वार्षिकोत्सव सम्पन्न

नारायण प्रसाद कोइराला, सिद्धार्थनगर, ७ फागुन  । भैरहवामा अवस्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयको वार्षिकोत्वस तथा अभिभावक दिवस २०७७ सम्पन्न भएको छ । विद्यालयको आफ्नै भवनमा विद्यालयका प्राचार्य कमल कोइरालाको अध्यक्षता, विद्यालय सञ्चालक तथा प्रबन्ध निर्देशक युवराज पाण्डेको प्रमुख आतिथ्यता र प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य अनुराग पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कोभिड १९ को महामारिका विच विद्यालयले केहि अभिभावक र विद्यार्थीहरुका विच कार्यक्रम गरेको थियो । कोभिड १९ को डर र त्रासबाट उन्मुक्तको लागि यस प्रकारको मनोरञ्जनात्मक, सृजतात्मक कार्यक्रमले धेरै सहयोग पुर्‍याउने कुरामा आफु विश्वस्त रहेको कुरा प्राचार्य कोइरालाले बताए । विद्यालय भित्रका विभिन्न शैक्षिक गतिविधि र खेलकुदमा विजयी हुने विद्यार्थीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले विद्यार्थीहरुलाई विभिन्न प्रसंगहरु संग जोडेर उत्कृष्ट कार्य गर्नको लागि प्रोत्सहान गराएका थिए भने विद्यार्थीको ज्ञान शिल र एकता भएमा राष्ट्रको विकाश हुनेकुरामा विशिष्ट अतिथि अनुराग पाण्डेले जोड दिएका थिए । कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका शिक्षक नारायणप्रसाद कोइराल र कार्यक्रम सञ्चालन सह–प्राचार्य युवराज पाण्डेले गरेका थिए ।

Comments
bhabindra gautam

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago