काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले बेलायत, युरोपेली संघ (ईयू) र ब्राजिलबाट आउने मानिसहरुमा लगाइएकोयात्रा प्रतिबन्ध जारी राख्ने तयारी गरेका छन् । बाइडनका प्रवक्ताले यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध हटाउन कार्यकारीआदेश जारी गरेको भए पनि उक्त प्रतिबन्ध जारी रहने बताएकी हुन् ।
सोमबार ह्वाइट हाउसले एक आदेश जारी गर्दै बेलायत, ईयूका केही मुलुक र ब्राजिलबाट आउने मानिसहरुको यात्रामा लगाइएकोप्रतिबन्ध बाइडन राष्ट्रपति बनेको ६ दिनपछि हट्ने बताएको थियो । यद्यपि त्यसको केही समयमा नै बाइडनकी प्रवक्ता जेन साकीलेमेडिकल टिमले यात्रामाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउनु उचित नहुने सल्लाह दिएको बताएकी हुन् । साकीले अहिले कोरोनासंक्रमण फैलिइरहेको र कोरोनाको थप संक्रामक नयाँ प्रकार पनि मुलुकमा आइरहेकाले यात्रामा प्रतिबन्ध हटाउनु उचित नहुने बताएकीहुन् ।
त्यसका साथै साकीले कोरोना संक्रमणलाई थप फैलिनबाट रोक्न सार्वजनिक स्वास्थ्य र अन्तर्राष्ट्रिय यात्राको विषयमा कार्यकारीआदेश जारी गर्ने योजनाको विषयमा पनि छलफल भइरहेको बतएकी हुन् ।
अमेरिकाले गत वर्षको मार्च महिनामा युरोपबाट आउने मानिसहरुको यात्रामा रोक लर्गाको थियो भने मे महिनामा ब्राजिलबाट आउनेमाथिप्रतिबन्ध लगाएको थियो । अमेरिकामा बुधबार बाइडनले राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…