तस्बिर : गुगल
काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत रहेको छ । सोमबार राति १२ बजे देखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो ।
प्रतिलिटर २ रुपैयाँका दरले सबैमा मूल्य बढाएको निगमले जनाएको छ ।
यो मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ।
मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर १३४ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…