काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको स्मरण गराउँदै जनतको आस्था, चाहना र जनभावना मेट्न खोजेर नमेटिने बताएका छन् । उनले घुमाउरो तरिकाले राजसंस्थालाई कसैले मेट्न नसक्ने सन्देश दिन खोजेका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज शुभकामना सन्देश दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले भनेका छन्,‘जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजे, बटोरर त्यो मेटिैन बटारिन्न ।’
उनले नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको स्मरण गराउँदै त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै मात्र हुने बताएका छन् । यथार्थको अवज्ञा र निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । शाहले भनेका छन्,‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रति दिन जटिलतातर्फ फस्दै गउको महसुस आम नेपालीले गरिरहेका छन् ।’
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…