पहिलो राउण्डमानै जापनिज बक्सरलाई हराउदैं नेपाली बक्सर अबिरल बिजयी ।

कविकिरण न्यौपाने, नागोया । जापानमा तेश्रो ठूलो शहर नागोयामा अबिरल घिमिरे र जापनिज फुजीमुरा बिच बक्सिङ्ग भिडन्तमा अबिरल घिमिरेले सहजै जित हाशिल गरेका छन् । । आफुले कडा मेहेनत गरेको र नेपालीको आशिवार्दले आफु बिजयी  भएको अबिरलले बताएका छन्।

प्रतियोगिता नागोया कंग्रेस हलमा आयोजना गरिएको  थियो। अबिरलले खेलेका हिट ४९को उक्त खेलमा पहिलो राउण्डमा नै जापनिज खेलाडी फुजीमुरा नकआउट गरेका थिए। ३ – ३ मिनेटमा ५ राउण्ड खेलिने उक्त खेल एक राउण्डमा नै सकिएको थियो। प्रतिस्प्रधा गरेका जापनिज फुजीमुरा जापानका राष्ट्रिय स्तरका खेलाडी हुन्।   खेल हेर्न नेपाली तथा जापनिज दर्शकहरूको खचाखच उपस्थिति रहेको थियो। यस अघि पनि अधिकांश खेलमा अबिरलले बिजय हाशिल गरेका थिए। यसपालि पनि अबिरलले कडा मेहनत र नेपाली समुदायको सदभाव र हौशला निरंतर प्रदानले अबिरलले बिजय हाशिल गरेको किक बक्सिङ्ग प्रशिक्षक एवं अबिरलका बुवा देब घिमिरेले बताए। अबिरल मेरो मात्र नभई नेपालीकै छोरा हुन् , उस्ले नेपाल र नेपालीको ईज्जत राखेकोमा खुशी लागेको उनले बताए।

जापानमा हिमालयन चितुवाको नामले प्रख्यात अविरल घिमिरे बक्सिङ्ग खेलको माध्यमद्वारा चम्कदैं गएका छन्। उनलाई मन पर्ने खेल किक बक्सिङ्ग मार्फत उनको चर्चा बढिरहेको हो । उनलाई जापानमा नेपालीले मात्र होइन , जापनिजहरुले पनि चिन्न थालेका छन्।नेपाली युवा किक बक्सिंग खेलाडी अबिरल घिमिरेले जापानमा पछिल्लो समय नयाँ इतिहास रचेका थिए। जापानको राजधानी टोकियोमा गत मार्च २८ तारिक भएको किक बक्सिङको विश्वचर्चित के वन भिडन्तमा जापानी खेलाडीलाई नक आउट गर्दै अबिरलले जित हात पारेका थिए। नेपाली खेलाडीले किक बक्सिङ के वन खेलमा जित निकालेको यो पहिलोपटक थियो। हिमालयन चितुवाको नामले परिचय स्थापित गरेका अबिरल घिमिरेले जापानको राष्ट्रिय स्तरको ‘के फेस्टा’ अर्थात् ‘के वन प्रतियोगितामा चर्चित जापानी किक बक्सर कोतेचुलाई हराएका थिए।

अबिरल २१ बर्षको उमेरमै अन्तर्राष्ट्रिय स्तरको किक बक्सिङ टुर्नामेन्ट खेल्ने पहिलो नेपाली युवा खेलाडी समेत हुन्। अबिरलले खेलेका हिट ४७ व्यवसायिक किक बक्सिङ सहित १५ खेल मध्ये ११ वटामा ( नकआउट ) निकालेका थिए। उनले ३ बटामा हार व्यहोरेका थिए भने १ वटा प्रतिस्प्रधात्मक खेलमा उनि विजयी भएका थिए। 

अबिरलले नियमित रुपमा सिमुरा डोजोमा प्रशिक्षण लिंदै आएका छन् । आफ्नो आमावुवा संग जापानको नागोया शहरमा बस्दै आएका अविरल घिमिरेलाई उनको मनपर्ने खेल बक्सिङ्गमा अहिलेसम्म सफलता हात  परिरहेको छ। करिब  ६ वर्ष जापान बसाईको क्रममा अबिरल लाई निरंतर सफलता मिलि रहेको वुवा तथा उनको बक्सिङ्ग खेलका कोच (प्रशिक्षक) देव धिमिरे को भनाई छ । बुवाकै प्रेरणावाट आफु यस खेलमा लागेको अविरल बताउछन । उनका बुवा देव घिमिरे नेपालका मार्शलआर्टका पूर्व राष्ट्रिय खेलाडी समेत हुन्। साथै देव घिमिरेले पनि सन् २००४ मा के वन ग्राण्ड प्रिक्स भिडन्त गरेका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago