बडा दशैंको अवसरमा पहिलो पटक टेलिकमको सेवा

थम्मन थापा
असोज ३१ बागलुङ ।
नेपाल टेलिकमले मुस्ताङको ध्येय र टुकुचेमा पहिलो पटक मोवाईल सेवा पुराएको छ । टेलिकमले ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप हिमाल पारीको जिल्ला मुस्ताङको टुकुचे र ध्येयमा बिटियस टावर स्थापना सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका वरिष्ठ ईन्जिनियर तथा कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।
मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको ठाउँ भएको हुँदा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सँगै स्थानियबासीको दैनिक जीवनलाई यसले सहजता प्रदान गर्ने शर्माले बताए । शर्माले भनें “यसभन्दा अगाडी त्यस स्थानमा मोवाईल सेवा थिएन त्यहाँका स्थानियबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो । अब मोवाईल सेवा सञ्चालनमा आएसँगै सहजता भएको छ ।
भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले त्यहाँका जनप्रतिनिधी, स्थानियको सहकार्यमा सेवा पुराउन सफल भएको शर्माको भनाई छ । निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोर जी मोवाईल सेवा पुराउने गृहकार्यमा छौं ।” विकट भुगोल भए पनि हामी हाम्रो जिम्मेवारीमा दृढ छौँ,” शर्माले भनें ।
सेवा विस्तारसँगै हाल उपलब्ध भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकमले थप गृहकार्य अगाडी बढाईरहेको नेपाल टेलिकम मुस्ताङका प्रमुख सुमन राम श्रेष्ठले जानकारी दिए । उनले गुणस्तरिय भ्वाईस र तीव्र गतिको इन्टरनेट मोवाईल डाटा प्रयोगकर्तालाई उपलब्ध गराउन टावरहरुमा नयाँ प्रविधि जडान गर्ने काम भइरहेको बताए ।
अहिलेको जमाना प्रविधीको भएकोले यसलाई मध्यनजर गरेर टेलिकम सँगको आवश्यक समन्वयमा यहाँ मोवाईल सेवा पुराईएको मुस्ताङका प्रदेश सांसद चन्द्र मोहन गौचनले बताए । त्यस क्षेत्रमा पहिलो पटक जिएसएम र थ्रिजी मोवाईल सेवा पुगेपछि दुर्गमका ग्राहकले डाटा’ र ‘भ्वाइस दुवैमा सेवा लिएको सांसद गौचनले उल्लेख गरे ।
गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि वडा, गाउँपालिकाका कामकाज र स्थानियको दैनिकीलाई सजिलो बनाएको लोघेकर दामोदर कुण्ड गाउँपालिका वडा नं ५ का वडा सदस्य पासाङ गुरुङले बताए । समुद्री सतह देखि झण्डै ४ हजार ३ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि जिल्लाको पर्यटकीय एवं धार्मिक स्थल दामोदर कुण्ड सम्म पुग्ने पर्यटकले सेवा प्राप्त गर्ने वडा सदस्य गुरुङले जानकारी दिए ।
कालीगण्डकी करिडोर सँगै त्यहाँका पदमार्गमा यात्रा गर्ने पर्यटक र स्थानियबासी मोवाईल सेवाबाट लाभान्वित भएका हुने भएका छन ।
मोवाईल सेवालाई नागरिक समक्ष सहजता प्रदान गर्न आफनो सेवा विस्तार, सँगै गुणस्तरिय सेवा उपलब्ध गराउन टेलिकमले आफनो सेवाको विस्तार कार्यलाई तिव्रता दिएको छ ।
मुस्ताङका अधिकांश मोवाईल टावरमा अहिले पनि विद्युत सेवा नहुँदा टेलिकमले सोलार सेट  जडान गरि सेवा प्रवाह गरिरहेको छ । अहिले नेपाल विद्युत प्राधिकरणले पनि मुस्ताङ जिल्लाभर विद्युतिकरण कार्यलाई तदारुकताका साथ अगाडी बढाएको छ ।
bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago