टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै

असोज ३१। टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण २०२० मा हुन नसकेको यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने छ । यो प्रतियोगिता २९ दिनसम्म चल्नेछ र, २८ कात्तिक (१४ नोभेम्बर)मा हुने फाइनलले वल्र्ड च्याम्पियन तय गर्नेछ । प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । तर पहिलो चरणमा ८ टिमले मात्र खेल्नेछन् ।

समूह ए : आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र श्रीलंका

समूह बी : बंगलादेश, ओमान, पपुवा न्यूगिनी र स्कटल्याण्ड

दुबै समूहका टिमले एकअपासमा खेल्नेछन् र समूहको शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ मा पनि दुई समूह हुनेछ । पहिलो समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजका साथै समूह एको शीर्ष र समूह बीको दोस्रो टिम हुनेछ भने अर्को समूहमा भारत, पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानका साथै समूह एको दोस्रो र समूह बीको शीर्ष टिम थप हुनेछ ।

यो राउण्डको खेल ६ कात्तिक (२३ अक्टोबर)देखि सुरु हुनेछ र २२ कात्तिक (८ नोभेम्बर) सम्म चल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २४ र २५ कात्तिक (१०/११ नोभेम्बर)मा सेमिफाइनल खेल हुनेछ ।

कुन टिम कस्ता छन् ?

वल्र्ड टी–२० क्रिकेटमा लोभलाग्दो रेकर्ड बनाएको भारत त्यसलाई दोहो¥याउन चाहन्छ । यो प्रतियोगितापछि टी–२० को कप्तान छाड्ने घोषणा गरेका भारतीय कप्तान विराट कोहलीका लागि पनि वल्र्डकप जिताएर सुखद अन्त्य गर्न चाहन्छन् । पूर्वकप्तान महेन्द्र सिंह धोनी मेन्टरको भूूमिकामा हुनेछन् ।

न्यूजिल्याण्डको टिममा पनि उम्दा क्रिकेटरहरु छन् । टिममा शानदार तीव्र गतिका बलरका साथै अलराउण्ड पनि छन् । अष्ट्रेलियाले अहिलेसम्म टी–२० फम्र्याटमा उपाधि जितेको छैन । त्यसैले यो पटक इतिहास बनाउने लक्ष्य लिएको छ ।

पाकिस्तान टिम पनि बलियो देखिएको छ । दक्षिण अफ्रिकाले नयाँ कप्तान टेम्बा बावुमाको नेतृत्वमा खेल्नेछ भने श्रीलंकाली टोलीमा नयाँ अनुहार पनि छन् । बंगलादशलाई स्पीनलाई सहयोगी बन्ने पिचमा खेल्दाको फाइदा हुनेछ भने अफगानिस्तानको टिम देश भित्रको संकट बिर्सिएर शानदार क्रिेकट खेल्ने प्रयासमा हुनेछ ।

हालसम्म कुन कुन देशले जितेका छन् ?

२००७ मा पहिलो पटक भएको वल्र्ड टी–२० क्रिकेटको उपाभिध भारतले जितेको थियो । २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्याण्ड र २०१२ मा वेष्ट इण्डिजले जित्यो । २०१४ मा श्रीलंका च्याम्पियन बन्दा २०१६ मा वेष्ट इण्डिजले दोस्रो पटक उपाधि उचाल्यो । २०१८ मा सिरिजहरु चलिरहेका कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता रद्द ग¥यो । त्यसपछि २०२० मा हुनुपर्ने थियो, तर कोरोनाका कारण अहिले हुन लागेको हो ।

कति छ पुरस्कार ?

उपाधि विजेताले १६ लाख डलर पाउनेछ । उपविजेताले भने ८ लाखमा चित्त बुझाउनुपर्नेछ । सेमिफाइनलमा पुग्ने हरेक टोलीले ४/४ लाख पाउनेछ भने सुपर १६ मा प्रत्येक खेल जित्दा बोनस रकम पनि आउने छ ।

के छ नयाँ नियम ?

यो पटक प्रत्येक खेलका क्रममा अतिरिक्त ड्रिक्स ब्रेक हुनेछ । अढाई मिनेटको यो ब्रेक पारीको मध्यमा हुनेछ । साथै पहिलो पटक निर्णयमा रिभ्यू सिस्टम हुनेछ । एक पारीमा हरेक टिमले दुई रिभ्यू लिन पाउनेछ ।

अनलाइन‍खवरडटकमकाे सहहयाेगमा ।

 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago