परिवार र आफन्त उपस्थित नभएपछि स्याङ्जा खण्डका राम्दीबासीले गरिदिए दाहसंस्कार

संक्रमीत मृतकको शव राम्दी घाटमा पठाएको थियो, शव ल्याएकाहरुले बजारको नजिकै खाल्टो खनेर गाडेका थिए ।
भविन्द्र गौतम, पाल्पा, ३ असार । कोरोना संक्रमण भएका ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण अझैसम्म सामान्य भैसकेको छैन । यो पीडा संक्रमण भएका वा संक्रमितको परिवारलाई मात्र थाहा हुन्छ । भनिन्छ आफुलाई नपर्दा सम्म अरुलाई परेको समस्या सामान्य मान्ने हाम्रो समाज रहेको छ ।
यही समाजमा रहेको एक समुदायले एउटा पुण्य कार्य गरेको छ । स्याङ्जा र पाल्पाको संगम स्थल, धार्मिक क्षेत्र राम्दीको स्याङ्जा खण्डका स्थानीयले पुण्य कर्म गरेका हुन । कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरुषको दाहसंस्कार स्थानीयले गरिदिएका छन । कोरोना संक्रमणबाट मृत्यु भएका वालिङ्ग नगरपालिका वडा नम्बर ४ बस्ने ७० बर्षका पुरुषको राम्दी घाटमा दाहसंस्कार गरिदिएका हुन ।
वालिङ्ग नगरपालिकाले संक्रमीत मृतकको शव राम्दी घाटमा पठाएको थियो । शव ल्याएकाहरुले बजारको नजिकै खाल्टो खनेर गाडेका थिए । बजारको नजिकै संक्रमितको शव गाड्दा दुर्गन्ध हुने र संक्रमण फैलन सक्ने भएकाले राम्दीका स्थानीयले नगरपालिकामा सम्पर्क गरी गाडिसकेको शव निकालेर जलाएका हुन ।

राम्दीको स्याङ्जा खण्डमा शव जलाउने दाउराको ब्यवस्थापन त्यहाँको गुरुकुलले गर्ने गर्छ । गुरुकुल संग दाउरा लियर शव जलाउने कार्य स्थानीयले गरिदिएका हुन ।
सम्बन्धित समाचार ……………………………         घाटमा समेत ठगिन्छन सर्वसाधारण
मृतक पुरुषको परिवार सदस्य र आफन्त कोहिपनी उपस्थित नभएपछि वालिङ्ग नगरपालिकाको आर्थिक सहयोगमा शवलाई घाट सम्म ल्याइएको थियो । परिवार सदस्य र आफन्त कोहिपनी नभएका कारण हामी राम्दीका स्थानीय जुटेर दाहसंस्कार गरिदियौ राम्दीका स्थानीय शिबहरी अमात्यले भन्नुभयो । अमात्यले थप्नुभयो “हामी राम्दि वासिहरु जुटेर उहाँको शवलाई हार्दिक श्रद्धाञ्जली दिदै दाहासस्कारमा सहभागि भयौं, उहाँको आत्माले शान्ती पाओस्”।
स्वास्थ्यको मापदण्ड लाई पालना गर्दै सुरक्षित भएर दाहसंस्कारमा सहभागी भएको अमात्यले बताउनुभयो ।
राम्दीबासीको यो कार्य जस्तै समाजमा कोरोना संक्रमण भएकालाई हेर्ने दृष्टिकोण पनी फरक बनाउन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago