घाटमा समेत ठगिन्छन सर्वसाधारण

२०७८, १ असार मंगलवार १६:३५

धार्मिक स्थल राम्दी, कालीगण्डकी नदिको पाल्पा खण्डको किनारमा शब जलाउन जानेहरु ठगिने गरेका छन ।

भविन्द्र गौतम, १ असार, पाल्पा । मानिस भएर जन्मिए पछि मृत्यु एक दिन अवस्य छ । जिवनको अन्तिम क्षण संबेदनसिल हुन्छ । दु:खद अवस्थामा राहत र सहानुभूतिले मृतकको परिवारलाई धैर्यता गर्ने उर्जा प्रदान गर्दछ । तर यहाँ मृत्यु पछिको अन्तिम क्षण शब जलाउने स्थानमा समेत ठगीहुने गरेको छ । घाटमा शव लियर आउनेहरूलाई ठगी गरेर यहाँका ब्यवसायी पैसा कमाउने धन्धामा लागेका छन ।

पाल्पाको धार्मिक स्थल राम्दी, कालीगण्डकी नदिको पाल्पा खण्डको किनारमा शब जलाउन जानेहरु ठगिने गरेका हुन । यहाँका ब्यवसायीहरुले विभिन्न शीर्षकमा तोकिएको भन्दा धेरै रकम असुल्ने गरेका छन । जसका कारण आर्थिक अवस्था कमजोर रहेका ब्यक्तिहरुलाई शव जलाउन नै समस्या देखिएको छ । यो विषयमा यहाँको प्रहरी चौकी, घाट ब्यवस्थापन समिती, र अन्य सरोकारवाला निकायहरु मौन छन । राम्दीघाटको पाल्पा खण्ड बगनासकाली गाउँपालिका अन्तर्गत पर्दछ ।

कोरोना संक्रमणको दोस्रो लहर लागेपछी राम्दी घाटमा दाउरा उपलब्ध गराउनेले चिता बनाईदिने गरेका छन । घाटमा एउटा शव जलाउनका लागी एक चट्टा दाउराको २ हजार, चिता बनाएको लेवर चार्ज १ हजार समेत ३ हजार लिन पाउने घाट ब्यवस्थापन समितिको निर्णय रहेको छ । एउटा शव जलाउन डेढ चट्टा दाउराको आवस्यक पर्छ । तर यहाँका ब्यवसायीले दुई चट्टा दाउरा भिडाउने गरेका छन ।

कोरोना संक्रमणका कारण मृत्यु भएकी तानसेन भुसलडाडाकी महिलाको दाहसंस्कारका लागी एक महिना अगाडी घाटमा आएका उनका परिवारले दाउराको ५ हजार तिरे, यस्तै असार १ गते मंगलबाट कोरोना संक्रमणका कारण मृत्यु भएकी अर्की तानसेन भुसलडाडाकी महिलाको दाहसंस्कारका लागी दाउराको ५ हजार ४ सय र चिता बनाईदिएको १ हजार समेत ६ हजार चार सय तिरे । उनिहरुले अन्य विभिन्न शुल्क गरेर थप ४ हजार ७ सय सहित १० हजार १ सय तिर्नुपर्यो । यी दुबै घटनामा यहाँको नीति कार्यान्वयन भएको पाइएन ।

प्रहरी चौकी राम्दीका प्रहरी हवल्दार दिपकराज गिरीले दाउराको ५ हजार र चिता बानाइदिएको लेबर चार्ज २ हजार लिने नियम स्थानीयले बनाएको बताए । यस बिषयमा एकरुपता नभएको र अनुगमन समेत नभएको पाइयो । हवल्दार गिरीका अनुसार अनुगमनको काम प्रशासनको रहेको र यस बिषयमा आफुहरुलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

यो ब्यवस्थाबाट सक्नेले खर्च गर्छन । आर्थिक अवस्था कमजोर भएका बिपन्न नागरिकको शव ब्यवस्थापनमा कठिनाइ हुन सक्ने देखिन्छ । मृत्युु पछीको अन्तिम संस्कारमा समेत सर्वसाधारण ठगिनु सह्य विषय होइन यसमा यहाँको स्थानीय सरकार, प्रशासन प्रहरी समेतको ध्यानाकर्षण हुन आवस्यक छ ।

Comments

ताजा खबर