काउन्टर टंकी बनाउन पश्चिम् नेपाल बस ब्यवसायीको अवरोध

वैशाख ४, पाल्पा ।
यात्री टिकट बुकिङ काउन्टर टंकी निर्माणमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले अवरोध गरेको छ । लुम्विनी बस टर्मिनल बुटवलमा श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.ले टिकट काउन्टर निर्माणको क्रममा अवरोध गरेको हो । वुटवल उपमहानगरपालिकाको निर्णय तथा अनुमति वमोजिम श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. ले टिकट काउन्टर निर्माण गरी तोकिएको स्थानमा राख्न ल्याउने क्रममा गाडीमा रहेको सामान ओराल्न नदिई पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. का पदाधिकारी तथा कर्मचारीहरुले गरेको अवरोध प्रति श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. को गम्भिर ध्यानाकर्षण भएको छ जनाएको छ । “नगरसरकारले दिएको अनुमति प्रति पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले गैरकानुनी रुपमा हुलहुज्जत गरी सार्वजनिक यातायात सञ्चालन व्यवस्थापनमा एकाधिकार लाद्न खोज्नु र काउन्टर टंकी निर्माणमा अवरोध गर्नु सार्वजनिक यातायात सञ्चालनमा निषेध गर्नु हो” कम्पनीका सञ्चालक जगत बहादुर बरालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

तस्बिर गुगलबाट साभार गरिएको

वुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको लुम्विनी बस टर्मिनलमा नगरपालिकाको मिति २०७७/११/०७ गते वैठकको निर्णय तथा मिति २०७७/११/०९ गते च.नं. ३७४७ को पत्रानुसार यस कम्पनीलाई हाल तम्घास टिकट काउन्टरको पुर्वतर्फ सटाई काउन्टर राख्न दिने र दुवै प्रा.लि. ले संयुक्त रुपमा ६ नम्वर ट्रयाक (लेन) प्रयोग गर्ने गरी उपमहानगरपालिकावाट अनुमति प्राप्त भएको श्रीनगर यातायातले जनाएको छ । “उपमहानगरपालिकाको निर्णयलाई कार्यान्वयन नगरी काउन्टर टंकी निर्माणको क्रममानै अवरोध गर्नु गैरकानुनी कार्य हो । सार्वजनिक यातायात सञ्चालनलाई अवरोध गर्न खोज्नु यसक्षेत्र वाट सञ्चालन हुने साना व्यवसायीमाथीको वलमिच्याई हो । यस्ता अवान्छित एवं अतिक्रमणकारी क्रियाकलापले भविश्यमा सार्वजनिक यातायात व्यवसाय सञ्चालनमा द्धन्द्ध निम्त्याउने अवस्था देखिएको छ ।” बिज्ञप्तिमा भनिएको छ । यस क्षेत्रको मुख्य व्यापारीक क्षेत्र तथा हालको प्रशासनिक केन्द्र समेत रहेको वुटवलको लुम्विनी बस टर्मिनलमा यस कम्पनीको काउन्टर स्थापना गरी व्यवस्थित रुपमा यातायात व्यवसाय सञ्चालनमा अवरोध नगर्न र संवेदनशील हुन पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. लाई आग्रह गरेको छ ।
नगरसरकारले दिएको अनुमती अनुसार काउन्टर टंकी निर्माणमा अवरोध गरिनुहुदैन । यात्रीले प्रतिस्पर्धात्मक रुपमा ब्यवस्थित यातायात प्रयोगगर्न पाउनुपर्छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago