काठमााडौं : ग्रीनलाइफ हाइड्रोपावरकोे आइपीओ शुक्रबार बाँडफाँट हुने पक्का भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटललेशुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँट हुने जानकारी गराएको छ । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा माग भन्दा बढीआवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ३७ करोड ३० लाख १८हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
१३ लाख २६ हजार ७७ जनाले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ७.३० गुणाबढी हो । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ३२ लाख ५१ हजार ६५२ कित्तालाई आधार मान्दा ३ लाख २५ हजार १६५ जनाआवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ९०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
ग्रीनलाइफले माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुलागरेको हो । यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाईछुट्याइएको थियो । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था रहेको थियो । यसले दोलखाजिल्लाको मारबु गाउपालिकामा, ४० मेगावटको खानीखोला १ हाइड्रोपो निर्माण गरिरहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…