काठमाडौं । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा तेस्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप२०७७ सुर्खेतमा आयोजना हुने भएको छ ।
फागुन २४ र २५ गते हुने प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र उनीहरुको कला कौशल निखार्ने उद्धेश्यलेआयोजना गरिएको प्रतियोगितामा एशियन र दक्षिण एशियाली खेलकुदमा सहभागी खेलाडीहरुलाई निषेद गरिएको छ । प्रतियोगिताविश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियममा खेलाइने छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने प्रतियोगितामा विश्व तेक्वान्दो महासंघले निर्धारण गरेको आधिकारीक तौलसमूहमा जुनियर, सिनियर तथा पुम्सेका सबै समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य, नेपालतेक्वान्दो संघका सदस्य एवं महिला सशक्तिकरण समितिकी संयोजक नन्दा बस्यालले जानकारी दिइन् ।
करिब ४५ लाख ३३ हजार अनुमानित खर्च रहेको प्रतियोगितामा प्रत्येक विधाका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले नगद तीन, दुई रएक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै शीर्ष तीन टिमले नगद १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै जुनियर तथासिनियर विद्याका उत्कृष्ट दुई खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा संयोजक नन्दा बस्यालद्वार हस्ताक्षरित प्रेसविज्ञप्तिमा जनाइएको छ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…