सुनसान तानसेनको सित्तलपाटी बजार क्षेत्र । तस्बिर : जिबलाल सुबेदि
तानसेन, ३० कात्तिक । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेकाे नेपाल बन्दको प्रभाव पाल्पामा देखिएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । तानसेन बजार सुनसान देखिएको छ ।
सदरमुकाम तानसेन,सिद्धार्थ राजमार्गका विभिन्न चोकचोकमा बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन् । नेपाल बन्दकाे प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ ।सिद्धार्थ राजमार्ग तथा बर्तुङ्ग रिडि सडकमा कुनैपनी सवारीसाधन संचालन भएका छैनन ।
अत्यावश्यक सवारी साधन, एम्बुलेन्स बाहेक सबै क्षेत्रमा बन्द रहने बन्दकर्ताले बताएका छन । बिहान ५ बजेदेखी साझ ५ बजेसम्म बन्दको कार्यक्रम हुने जनाइएकाे छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…