सुनसान तानसेनको सित्तलपाटी बजार क्षेत्र । तस्बिर : जिबलाल सुबेदि
तानसेन, ३० कात्तिक । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेकाे नेपाल बन्दको प्रभाव पाल्पामा देखिएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । तानसेन बजार सुनसान देखिएको छ ।
सदरमुकाम तानसेन,सिद्धार्थ राजमार्गका विभिन्न चोकचोकमा बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन् । नेपाल बन्दकाे प्रभाव विधालय, पसल, सार्वजनिक यातायातमा देखिएको छ ।सिद्धार्थ राजमार्ग तथा बर्तुङ्ग रिडि सडकमा कुनैपनी सवारीसाधन संचालन भएका छैनन ।
अत्यावश्यक सवारी साधन, एम्बुलेन्स बाहेक सबै क्षेत्रमा बन्द रहने बन्दकर्ताले बताएका छन । बिहान ५ बजेदेखी साझ ५ बजेसम्म बन्दको कार्यक्रम हुने जनाइएकाे छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…