समाचार सङ्कलनका क्रममा पुर्‍याइएको अवरोधप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण ।

काठमाडौं । सर्वोच्च अदालत परिसर र परिसरबाहिर समाचार सङ्कलन गर्न गएका पत्रकारलाई पुर्‍याइएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय न्याय क्षेत्रमा देखिएको विकृतिको समाचार सङ्कलन गर्ने क्रममा पत्रकारलाई अदालत र प्रहरी प्रशासनबाट अवरोध पुर्‍याउने र दुव्र्यवहार गर्ने गरेको आज महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विगत केही समयदेखि न्याय क्षेत्रमा देखिएको विकृतिको अन्त्य र सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएशनले विगत केही दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । स्वतन्त्र रूपमा समाचार सङ्कलनमा जुटेका पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट भएको कार्य निन्दनीय हुनाका साथै पत्रकारको संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप भएको बताइएको छ ।

महासङ्घ पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्बाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ । सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासङ्घ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ । शक्ति पृथकीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गरेको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago