हामीसंग सरकार छ भन्ने अनुभुती जनतालाई दिलाउनुपर्छ : मन्त्री बराल

पाल्पा, ३ वैशाख
तिनै तहका सरकारले जनताको मन छुनेगरी सामाजिक विकासमा बजेट र कार्यक्रम बनाउन आवश्यक रहेको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले बताउनु भयो । हामीसंग सरकार छ भन्ने अनुभुती जनतालाई दिलाउने गरी सरकारहरुले काम गर्नुपर्ने बरालको जोड थियो । तिन जिल्लाका स्थानीय तहका कर्मचारीहरुको क्षमता विकास तालिमको उद्घाटन समारोहमा बोल्दै मन्त्री बरालले जनतासंग जोडिने स्थानीय सरकार भएकाले अझै जिम्मेवारी बोध गरी लक्षित समुदायको र वर्गको उत्थानमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।


तालिममा पाल्पा, गुल्मी र अर्घाखँचीका २८ वटा स्थानीय तहको सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ । सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले सरकारहरु बजेट निर्माणको पूर्वसन्धामा रहेकाले सामाजिक विकासलाई प्राथमिकतामा राख्न सुझाव दिनु भएको छ । तालिममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, लैङ्गिक हिंसा निवारण, घरेलु हिंसा निवारण, बालअधिकार, बालविवाह न्यूनिकरण, सामाजिक सुरक्षा, लैङ्गिक संवेदनशील योजना तर्जुमा, सामाजिक क्षेत्रमा प्रदेश सरकारको भूमिका, संघ, प्रदेश र स्थानीय सरकार बीच अन्तरसम्बन्ध लगायतका बिषयमा सहजिकरण गरिने मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख, प्रमुख महिला विकास अधिकृत शारदा बस्यालले बताउनु भयो ।

स्थानीय तहका कर्मचारीहरुलाई सामाजिक विकास क्षेत्रका कार्य गर्ने समक्ष बनाउने, स्थानीय, प्रदेश र संघ सरकारका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने र बजेट तथा कार्यक्रमहरुमा सामाजिक विकासलाई प्राथमिकतामा पार्न घच्घच्याउने तालिमको उद्देश्य रहेको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले बताउनु भयो । तिन दिनसम्म तालिममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रवि लाल पन्थ, यू.एन.एफ.पी का रेखा श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका उपसचिव तारा ज्ञवाली, लेखा अधिकृत मिन बहादुर घर्ती र शाखा अधिकृत सञ्जय ज्ञवाली लगायतले सहजिकरण गर्ने छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago