काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।
एमाले केन्द्रीत सदस्यमा मनोनित सदस्यहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डको भनाईको खण्डन गरेका हुन् । उनले प्रचण्ड लेलिनभन्दा पनि जान्ने भएर बोलेको पनि बताए ।
‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए, प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए, त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन, कुन सेयर कारोबारीले चन्दा दिएन होला, अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए,’ अध्यक्ष ओलीले भने ।
आफूहरुले सेयर बजारप्रति त्यस्तो अभिव्यक्ति दिएको भए सडकमा ठूलो आन्दोलन नै भइसक्ने भन्दै ओलीले प्रचण्डले त्यस्तो भन्दा पनि अहिले सब चुपचाप रहेको पनि बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत शनिवार पार्टीको प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै पुँजी बजार साम्राज्यवादको विस्तारित रुप भएको र सेयर बजार साम्राज्यवादीको औजार भएको दाबी गरेका थिए । प्रचण्डको यस्तो अभिव्यक्तिपछि सेयर बजारमा ठूलो गिरावट आएको थियो ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…