आकर्षक डिजाइनमा टोयोटाको कम्प्याक्ट क्रुजर इभी

काठमाडौं । टोयोटाले आफ्नो इलेक्ट्रीक कार कस्तो हुने भन्ने विषयमा जानकारी दिएको छ । टोयोटाका चेयरम्यान अकियो टोयोडाले कम्पनीले सन् २०३० सम्म वार्षिक ३५ लाख इभी उत्पादन गर्ने लक्ष्यसहित १५ मोडलको कन्सेप्ट सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको कन्सेप्टमा सामान्य कारदेखि हाइपर कारसम्म रहेका छन् । साथै, कमर्शियल गाडी पनि छन् । त्यसमध्ये सबैभन्दा धेरैको ध्यान कम्प्याक्ट क्रुजर कन्सेप्टले तानेको छ ।

बक्सी डिजाइनमा देखिएको कम्प्याक्ट क्रुजर टोयोटाको आइकोनिक नेम प्लेट ल्याण्डक्रुजरबाट लिइएको हो । नाम जस्तै यसको डिजाइनमा पनि क्रुजर फ्यूजन देख्न सकिन्छ । अगाडिको भागमा निकै ठूलो साइजमा दिएको स्कीड प्लेट र त्यसमा राखिएको मोडल नामले यसलाई आकर्षक देखाएको छ । साथमा टोयोटाले यूनिक ग्रिलको प्रयोग गरेको देखिन्छ ।

दुई हेडलाइटको बीचमा लेखिएको टोयोटा अर्को आकर्षण हो । डे टाइम रनिङ लाइट सहितको एलइडी हेडल्याम, आकर्षक बोनेट, ड्यूल टोन बडी कलर, मस्कुलर ह्वील, अफरोड लक्षित टायरले यसको लुक्स दमदार बनाएको छ ।

 

टोयोटाले ८ वर्ष भित्र ल्याउने मोडलमा यसलाई समावेस गरेको छ । तर, यसमा कुन साइजको व्याट्री र मोटर रहन्छ भन्ने विषयमा केही खुलाएको छैन । टोयोटाले विश्वव्यापी रुपमा चर्चामा रहेको कार्वन उत्सर्जन रोक्न आफु प्रतिवद्ध रहेको जनाएर इभी विकासमा थप लगानी बढाउने योजना अघि सारेको हो ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago