अष्ट्रेलियालाइ आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि

अष्ट्रेलिया आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । न्यूजिल्याण्डमाथि ८ विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले पहिलो पटक ट्वेन्टी(ट्वेन्टी विश्वकपको उपाधि उचालेको हो । उता पहिलो पटक फाइनलमा पुगेपनि न्यूजिल्याण्ड भने उपाधि जित्नबाट वञ्चित बन्यो ।

१ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले ७ बल अगावै मात्र २ विकेट गुमाएर भेट्टाएको थियो । अष्ट्रेलियाको जितमा मिचेल मार्शले अविजित ७७ रन जोडे । उनले ५० बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ७७ रन बनाए ।

त्यस्तै डेभिड वार्नर ५३ रनमा पेभेलिएन फर्कदा ग्लेन म्याक्सवेलले नटआउट २८ रन जोडे । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

यसअघि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

उसका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिंग्स खेले । ४८ बलको सामना गरेका उनले ३ छक्का र १० चौकाको मद्दतले ८५ रन बनाए । त्यस्तै मार्टिन गुप्टिलले २८ रन तथा ग्लेन फिलिप्सले १८ रन जोडे । बलिङमा अष्ट्रेलियाका जोस हेजलउडले ३ विकेट हात पारे । अष्ट्रेलियाका मिचेल मार्श म्यान अफ द म्याच र डेविड वार्नर म्यान अफ द सिरिच चुनिए ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago