काठमाडौं ३१ साउन । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । सर्वोच्चकाे आदेशले २१ दिनभित्र ४० माइक्रोन भन्दा पातलो प्लास्टिकका झोला पूर्ण निषेधित हुनेछ । ‘प्लाष्टिकको झोला (४० चालिस माइक्रोन भन्दा पातलो) को प्रयोगबाट सृजना हुने प्रतिकूल वातावरणीय प्रभाव वा दुर्घटनालाई रोकी स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हकको संरक्षण गर्न अपरिहार्य देखिएकोले,’ अदालतको आदेशमा उल्लेख छ, ।
२०७८/७९ बजेट वक्तव्यमा साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण रुपमा प्रतिबन्ध लगाउने भनिएको र पटकपटक आदेश समेत भएको भन्दै अदालतले प्रभावकारी कार्यान्वयनका लागि १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन भनेको छ । अदालतले भनेको छ ‘यो आदेश प्राप्त भएको मितिले २१ औं दिनबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी २०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० मा उल्लेखित प्रावधान देशभर लागू गर्ने ।‘
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…