जापान । नेपाली विधार्थी समाज जापानकाे सल्लाहाकार समिती चयन भएकाे छ । प्रमुख सल्लहाकारमा डा. सरोज कंडेल चयन हुनु भएकाे छ। सन १९९७ मा स्थापना गरिएको नेपाली विधार्थी समाज जापान (नेसाज) ले स्थापना काल देखी नै जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै आइरहेको छ । विधार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्नका लागि जापानी भाषा वक्तृत्वकला प्रतियोगिता तथा विभिन्न क्षेत्रमा अध्ययन- अनुसन्धान गर्नु भएका व्यक्तित्वहरुका बिचमा गोष्ठी, ज्ञान सिपको आदानप्रदान लगाएत विभिन्न ज्ञानमुलक कार्यक्रमहरु गर्दै आईहेको छ ।
संस्थाले आफ्ना गतिविधीहरुलाई थप सकृय रुपमा अघी बढाउनका लागि २०२१ -२०२३ कार्यकालका लागि संरक्षक तथा सल्लाहाकार समिती समेत चयन् गरिएको विधार्थी समाजले जनाएकाे छ । संरक्षकमा नेसाजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भुसाल रहनु भएको छ। त्यस्तै सल्लाहाकारहरुमा गोबिन्द श्रेष्ठ, डा. सुदिप अधिकारि, डा. वेद काफ्ले, डा. हरी देवकोटा, डा. होम बहादुर रिजाल , डा. भरत नेगी, शिव प्रसाद पौडेल , जिज्ञान कुमार थापा , दिपक कार्की,नरेन्द्र कुमार बस्नेत रिशभ पौडेल, बिमल अधिकारी, रहनु भएको छ । संस्थालाई अझ उचाइमा पुर्याउने कुरामा बिस्वस्त रहेको कुरा महासचिव सञ्जय कार्कीले बताउनु भयो | भोलीका दिनहरुमा विद्यार्थीहरुलाई जस्तो सुकै समस्या आइपरे पनि सल्लहाकारहरुको को साथ र सहयोगले समस्याको समाधान गरी सहि मार्ग प्रदान गर्न नेपाली विद्यार्थी समाज जापान नेसाज सदैव तयार रहेको कुरा केन्द्रिय कमिटिका सद्स्य रोशन भट्टराईले जानकारी दिनु भयो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…