पाल्पा‚ ३१ साउन । पछिल्लो २४ घण्टामा पाल्पामा हाल सम्मकै उच्च दरमा कोरोना संक्रमण देखिएकाे छ । एकैदिन २०० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो संख्या कोरोना संक्रमण सुरु भएयताकै बढी हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार १९ जनाको पिसिआर र ७ सय ४६ जनाको एन्टिजेन गरी ७ सय ६५ जनाको परीक्षणमा २ सय जना संक्रमित थपिएका हुन् । जस मध्ये एन्टिजेन परीक्षणमा १ सय ९० र पिसिआर परीक्षणमा १० गरी २ सय जना संक्रमित थपिएका हुन् । थपिएका मध्ये १ सय ८८ जना तानसेन नगरपालिकाका रहेका छन् । संक्रमित मध्ये महिला सबैभन्दा बढी १ सय ९ जना छन । पाल्पामा अहिले ५ सय ८ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । जसमा ३ सय ६६ जना होम आइसोलेशनमा, २४ जना एचडियूमा, २९ जना आइसोलेशन सेन्टरहरुमा उपचार भइरहेको छ ।
परिक्षणकाे दायरा वढाएका कारण संक्रमित थपिएका छन् । हिजो सम्मको संक्रमण दर २१ देखी २३ प्रतिशत रहेकाेमा अहिले करिब २६ प्रतिशतमा संक्रमण देखिएकाे छ । निषाेधाज्ञा खुकुलाे भएसगै भिडभाड बढेको छ । स्वास्थका मापदण्ड पालना भएकाे देखिदैन ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…