नेपाली विधार्थी समाज जापानकाे सल्लाहाकार समिती चयन

जापान । नेपाली विधार्थी समाज जापानकाे सल्लाहाकार समिती चयन भएकाे छ । प्रमुख सल्लहाकारमा डा. सरोज कंडेल ‍चयन हुनु भएकाे छ। सन १९९७ मा स्थापना गरिएको नेपाली विधार्थी समाज जापान (नेसाज) ले स्थापना काल देखी नै जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै आइरहेको छ । विधार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्नका लागि जापानी भाषा वक्तृत्वकला प्रतियोगिता तथा विभिन्न क्षेत्रमा अध्ययन- अनुसन्धान गर्नु भएका व्यक्तित्वहरुका बिचमा गोष्ठी, ज्ञान सिपको आदानप्रदान लगाएत विभिन्न ज्ञानमुलक कार्यक्रमहरु गर्दै आईहेको छ ।

संस्थाले आफ्ना गतिविधीहरुलाई थप सकृय रुपमा अघी बढाउनका लागि २०२१ -२०२३ कार्यकालका लागि संरक्षक तथा सल्लाहाकार समिती समेत चयन् गरिएको विधार्थी समाजले जनाएकाे छ । संरक्षकमा नेसाजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भुसाल रहनु भएको छ। त्यस्तै सल्लाहाकारहरुमा गोबिन्द श्रेष्ठ, डा. सुदिप अधिकारि, डा. वेद काफ्ले, डा. हरी देवकोटा, डा. होम बहादुर रिजाल , डा. भरत नेगी, शिव प्रसाद पौडेल , जिज्ञान कुमार थापा , दिपक कार्की,नरेन्द्र कुमार बस्नेत रिशभ पौडेल, बिमल अधिकारी, रहनु भएको छ ।  संस्थालाई अझ उचाइमा पुर्याउने कुरामा बिस्वस्त रहेको कुरा महासचिव सञ्जय कार्कीले बताउनु भयो | भोलीका दिनहरुमा विद्यार्थीहरुलाई जस्तो सुकै समस्या आइपरे पनि सल्लहाकारहरुको को साथ र सहयोगले समस्याको समाधान गरी सहि मार्ग प्रदान गर्न नेपाली विद्यार्थी समाज जापान नेसाज सदैव तयार रहेको कुरा केन्द्रिय कमिटिका सद्स्य रोशन भट्टराईले जानकारी दिनु भयो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago