हाल सम्मकै उच्च दरमा कोरोना संक्रमण

पाल्पा‚ ३१ साउन । पछिल्लो २४ घण्टामा पाल्पामा हाल सम्मकै उच्च दरमा कोरोना संक्रमण देखिएकाे छ । एकैदिन २०० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो संख्या कोरोना संक्रमण सुरु भएयताकै बढी हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार १९ जनाको पिसिआर र ७ सय ४६ जनाको एन्टिजेन गरी ७ सय ६५ जनाको परीक्षणमा २ सय जना संक्रमित थपिएका हुन् । जस मध्ये एन्टिजेन परीक्षणमा १ सय ९० र पिसिआर परीक्षणमा १० गरी २ सय जना संक्रमित थपिएका हुन् । थपिएका मध्ये १ सय ८८ जना तानसेन नगरपालिकाका रहेका छन् । संक्रमित मध्ये महिला सबैभन्दा बढी १ सय ९ जना छन । पाल्पामा अहिले ५ सय ८ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । जसमा ३ सय ६६ जना होम आइसोलेशनमा, २४ जना एचडियूमा, २९ जना आइसोलेशन सेन्टरहरुमा उपचार भइरहेको छ ।

परिक्षणकाे दायरा वढाएका कारण संक्रमित थपिएका छन् । हिजो सम्मको संक्रमण दर २१ देखी २३ प्रतिशत रहेकाेमा अहिले करिब २६ प्रतिशतमा संक्रमण देखिएकाे छ । निषाेधाज्ञा खुकुलाे भएस‌गै भिडभाड बढेको छ । स्वास्थका मापदण्ड पालना भएकाे देखिदैन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago