हाल सम्मकै उच्च दरमा कोरोना संक्रमण

पाल्पा‚ ३१ साउन । पछिल्लो २४ घण्टामा पाल्पामा हाल सम्मकै उच्च दरमा कोरोना संक्रमण देखिएकाे छ । एकैदिन २०० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो संख्या कोरोना संक्रमण सुरु भएयताकै बढी हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार १९ जनाको पिसिआर र ७ सय ४६ जनाको एन्टिजेन गरी ७ सय ६५ जनाको परीक्षणमा २ सय जना संक्रमित थपिएका हुन् । जस मध्ये एन्टिजेन परीक्षणमा १ सय ९० र पिसिआर परीक्षणमा १० गरी २ सय जना संक्रमित थपिएका हुन् । थपिएका मध्ये १ सय ८८ जना तानसेन नगरपालिकाका रहेका छन् । संक्रमित मध्ये महिला सबैभन्दा बढी १ सय ९ जना छन । पाल्पामा अहिले ५ सय ८ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । जसमा ३ सय ६६ जना होम आइसोलेशनमा, २४ जना एचडियूमा, २९ जना आइसोलेशन सेन्टरहरुमा उपचार भइरहेको छ ।

परिक्षणकाे दायरा वढाएका कारण संक्रमित थपिएका छन् । हिजो सम्मको संक्रमण दर २१ देखी २३ प्रतिशत रहेकाेमा अहिले करिब २६ प्रतिशतमा संक्रमण देखिएकाे छ । निषाेधाज्ञा खुकुलाे भएस‌गै भिडभाड बढेको छ । स्वास्थका मापदण्ड पालना भएकाे देखिदैन ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago