प्रधानन्यायाधीश संवैधानिक इजलास विवाद निरुपण गर्न सकारात्मक ।

काठमाडौं । प्रधानन्यायाधीशबिना संवैधानिक इजलास चल्न सक्ने कि नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाटै टंगो लगाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका छन् ।

फाईल फिटो

न्यायाधीश र कानुन व्यवसायी सहभागी बार–बेन्च समन्वय समिति बैठकमा संवैधानिक इजलासमा प्रधानन्यायाधीशबिना न्याय निरुपण हुने कि नहुने भन्ने विषय संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्ने राय बैठकमा सहभागीले दिएका हुन् ।

संवैधानिक परिषद्सम्बन्धी रिटमा प्रधानन्यायाधीश बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा विवाद देखिएपछि १७ भदौमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने आदेश दिएका थिए । सो आदेशपछि न्यायिक क्षेत्रमा संवैधानिक इजलासको विषयले तरंग ल्याएको थियो । सर्वोच्चकै न्यायाधीशहरू पनि एकमत हुन नसकिरहेका बेला सो संवैधानिक परिषद्सम्बन्धी परेको रिटको सुनुवाइ अनिश्चित बनेको थियो ।

झन्डै नौ महिनापछि संवैधानिक परिषद्सम्बन्धी रिटमा सुनुवाइको पालो आएको थियो । तर, प्रधानन्यायाधीश आफैं विपक्षी भएको रिटमा संवैधानिक इजलास बस्न नहुने विषयमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले आफू सुनुवाइको पहिलो दिन र फैसला हुने अन्तिम दिन इजलास गठनमा नबस्ने जानकारी गराएपछि सोविरुद्ध सर्वोच्चमै रिट परेको थियो ।

प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुनै नसक्ने दाबीसहित सर्वोच्चमा परेको रिटमा न्यायाधीश फुयाँलको एकल इजलासले गरेको आदेशले पाँच जनाको संवैधानिक इजलासमा सुनुवाइका लागि राखिएको संवैधानिक परिषद्सम्बन्धी रिट स्थगित हुन पुगेको थियो ।

अब आफ्नो प्रतिबद्धतामा अडिग रहेमा प्रधानन्यायाधीश जबराले अधिवक्ता गणेश रेग्मीको निवेदन संवैधानिक इजलासमा पठाउनेछन् । त्यो इजलासले आफैं विपक्षी भएको अवस्थामा प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न हुन्छ कि हुँदैन ? अनि उनी बिदा बसेको अवस्थामा कामु प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व गरेर विवाद निरुपण गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नको निकास दिनेछ ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago