फाईल फोटो
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् ।
प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो । प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहेका छन् ।
कमिटीमा उपाध्यक्ष र महिला उप सचिव पद खालि राखिएको केन्द्रिय सदस्य चुडामणि जंगलीले जानकारी दिए ।
कमिटीमा केन्दी्रय सदस्य र जिल्ला अध्यक्षहरु पदेन रहने उनले बताए । बैठकले कमिटीहरु निर्माण गर्ने र पार्टीजीवनलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय समेत गरको छ ।
‘पदाधिकारी छान्नकै लागि हिजोदेखि बैठक बसेको हो, आज टुंगो लाग्यो,’ उनले भने, ‘बाँकी रहेका २ पदाधिकारीको पद छिट्टै नै टुंग्याउने छौं ।’ गण्डकी प्रदेशका अध्यक्ष बनेका गुरुङ पूर्वमन्त्री हुन् भने अनेरास्ववियुको दुई कार्यकाल केन्द्रीय अध्यक्ष सम्हालेका थिए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…