जापानमा नेपालीको आत्माहत्या बढ्न थालेपछि चिन्ता ।

कविकिरण न्यौपाने ,जापान । विश्वकै धेरै मानिसहरुले आत्माहत्या गर्ने जापानमा नेपालीहरु को पनि आत्माहत्या गर्ने क्रम वढेपछि सवैलाई चिन्तिज बनाएको छ।

सांकेतिक तस्बिर फाइल फोटो

जापानको मियाजाकिमा श्रीमान् संगै बस्दै आएकी सुत्केरी महिला आश्मा श्रेष्ठले गत १८ तारिक झुण्डिएर आत्माहत्या गरिन । नेपालको सिन्धुपाल्चोककी उनको एक महिनाको काखे छोरी पनि छिन्। विध्यार्थी भिषामा जापान आएकी उनले अर्को विध्यार्थी दिपक नेपाली संग प्रेम पश्यात विवाह गरेकी थिइन। त्यस पछि आश्मा डिपेन्डेन भिषामा रहेकी थिईन । के कारण उनले आत्माहत्या गरिन त ? अहिले सम्म त्यस्को कारण खुलिसकेको छैन। अन्तरजाति विवाहका कारण उनले आत्माहत्या गरेकी हुन् त ? कहाँ बाट प्रेसर थियो उनलाई ? काखे बालक छोडेर आत्माहत्या गर्नु किन पर्यो , के यो समस्याको समाधान हो त ? सबैलाई सोच्न वाध्य बनाएको छ।

त्यस अघि मात्रै जापानकै नागोया शहरमा वाग्लुङ्गका ३७ बर्ष का मधु आचार्यले पनि झुण्डिएरनै आत्माहत्या गरेका थिए। उनकी श्रीमति जापानमै छिन भने ५ वर्षिय छोरी भने नेपालमा छिन् । केहि महिना पहिला पनि नागोयामा विध्यार्थी भिषामा आएका युवकले पनि झुण्डिएरनै आत्माहत्या गरेका थिए। अध्ययनकै शिलशिलामानै जापानको फुकुओकामा आएकी टिना गुरुङले पनि आत्माहत्या गरेकी थिइन। काठमाडौंका जोन लामाले टोकियोमा आफु वस्दैं आएको कोठामानै झुण्डिएर आत्माहत्या गरेका थिए। टोकियोमानै विध्यार्थीको रुपमा आएकी सानुकुमारी तमाङ्गले पनि झुण्डिएरै आत्माहत्या गरिन । आफन्तको आग्रह अनि जापानमा रहेका नेपाली समुदायको पहल अनि सहयोगका उनको शव नेपाल लगि अन्तिम संस्कार गरिएको थियो । खर्चिलो हुने हुदाँ धेरैले शव नेपाल लैजान सक्दैनन ।

जापानमा आत्माहत्या गर्ने प्रायले झुण्डिएर र धेरै विद्यार्थी रहेको तथाङ्ग रहेको छ। विश्वमा नै आत्माहत्याका कारण टाउको दुखाईको विषय बनेको अवस्थामा जापानमा नेपाली समुदायलाई पनि नेपालीहरुको आत्माहत्या गर्ने संख्या बढ्दै जादाँ चिन्ताको विषय बनेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा १० लाख मानिसले आत्माहत्या गर्ने गर्छन । विश्वको जनसंख्यालाई हेर्ने हो भने प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिको आत्माहत्याका कारण मृत्यु हुने गर्छ। आत्माहत्याको मुख्य कारण मानसिक समस्याले हुने एक अध्ययनले देखाएको छ।

डा कमल गौतमका अनुसार ९५ प्रतिशत आत्माहत्या गर्ने मानिसहरु कुनै न कुनै प्रकारको मानसिक रोग हुने गरेको छ। जापानको सन्दर्भमा यहा सोचे झैं धेरै कमलाई मात्र हुने गर्छ। जापान आउनु अघि हामीहरु ठूलो सपना बुनेर आएका हुन्छऊ । सानोतिनो खर्चले जापान आईदैन। धेरै ऋण खोजेर जापान आएका धेरै छन्। भने जस्तो नभएपछि पारिवारिक कलह पनि शुरु हुने ,नैरस्यता उत्पन हुने र मानिस आत्माहत्या सम्म गर्न पुग्छन । जस्तो सुकै समस्या आउदा पनि धैर्यता अनि आत्मा विश्वास का साथ अघि बढे यस्ता समस्याबाट पार पाउन सकिन्छ । तपाईहामी अनि हाम्रा निकटका व्यक्तिहरु पनि आत्माहत्याको शिकार हुन सक्ने हुदाँ सबै समयमै सचेत हुन जरुरी छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago