पश्चिम नेपाल बस ब्यवसायीको अधिबेशन: दधिराम खरेल नेतृत्वकाे समुह बहुसंख्यामा बिजयी

बुटवल, १ चैत्र ।
प्यानल सहित चुनाबी प्रतिस्पर्धामा गएको पश्चिम नेपाल बस ब्यवसायी प्रालिको आगामी नेतृत्वको लागि दधिराम खरेल नेतृत्वकाे समुहले बहुसंख्यक सिट जितेको छ । निर्वाचनमा खरेल नेतृत्वको प्यानलबाट खरेल सहित जिवन कुमार बन्जाडे, रामचन्द्र भुसाल, माेहन पिएस चेतनारायण बेल्वासे, नारायण प्रसाद घिमिरे, गाेपाल पाैडेल र कृष्णप्रसाद सापकोटा सागर बिजयी भएका छन् त्यसैगरी पदमराज गाहाकाे प्यानलबाट गाहा सहित कृष्ण प्रसाद पाण्डे र सुरेन्द्र श्रेष्ठले जित हासिल गरेका छन् ।

२०२६ सालमा स्थापना भएको पश्चिम नेपाल बस ब्यवसायी संघ सरकारले नबिकरण नगरेपछि २०७६ सालमा प्रालिमा रुपान्तरण भएको थियो । प्रालिमा ११ जना सन्चालक निर्वाचित हुने र निर्वाचित ११ जना मध्येबाट अध्यक्ष चुनिने ब्यवस्था छ । नेपालकै सबैभन्दा ठुलो यातायात ब्यवसायी संस्थाको रुपमा रहेको यस प्रालिमा करिव २ हजार ६ सय बस सञ्चालनमा छन भने २ हजार ३ सय ९६ जना मतदाता रहेका छन । जसमध्ये २ हजार ८६ जनाले मतदान गरेका थिए ।
दधिराम खरेलले पश्चिम नेपाल बस ब्यवसायी संघकाे २ कार्यकाल अध्यक्ष हुदै रुपान्तरित प्रालिको अध्यक्षकाे समेत जिम्मेवारी बहन गरिसकेका छन । मुलुककाे बिशिष्ट परिस्थिति र कानुनी ब्यवस्थाका कारण केही संस्थागत जिम्मेवारी पुरा गर्नुपर्ने अवस्था रहेकोले ति जिम्मेवारी पुरा गर्न पुनः यस प्रालिकाे नेतृत्वमा आउने साेचका साथ चुनाबमा गएको खरेलले बताएका छन ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago