वृद्धवृद्धा र असहायमाझ मनाए कालकारले लोक दोहोरी दिवस

पाल्पा । ‘स्वस्थ जिवनको लागी स्वस्थ संगीत’ भन्ने मुल नाराका साथ लोक दोहोरी दिवस मनाईएको छ । दिवसको अवसरमा वृद्धवृद्धा र असहायहरु समक्ष पुगी आत्मियता साटासाट गरि पाल्पाली कलाकारहरुले दिवस मनाएका छन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले
आफ्नो लोक दिहोरी दिवसको अवसरमा सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्रका फरक क्षमता भएका विद्यार्थीसँग एक छाक खाना सहित विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानमा आवद्ध कलाकारहरुले केन्द्रमा अध्ययनरत फरक क्षमताका विद्यार्थीहरुसँगै बसेर दोहोरी गीत समेत गाएका छन् । विद्यार्थी र कलाकारहरु बिच अत्यन्त सौहार्दपूर्ण वातावरणमा दोहोरी चलेको थियो । पाल्पाली कलाकारहरु रेखा विष्ट, ममता कोइराला, कमल भट्टराई, अनु खनाल, विजय बम्डेल, तिर्सना थापा, सुमित कुंवर, अनु गोतामे, रामचन्द्र थापा, धनि खाम्चा लगायतले विद्यार्थीहरुसँग दोहोरी गाएर रमाएका थिए ।

कलाकार र फरक क्षमताका व्यक्तिहरु बिचको सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रेखा विष्टले बताईन् । उनले फरक क्षमता (दृष्टिविहिन, शारिरीक अपाङ्गता) का व्यक्तिहरुमा पनि विलक्ष्ण प्रतिभा लुकेको हुने भन्दै त्यस्ता व्यक्तिहरुलाई सम्मान र हौसला प्रदान गर्नुपर्ने बताईन् । पत्रकार रामचन्द्र रायमाझीले फरक क्षमताका व्यक्तिहरुको सम्मानमा प्रष्ठिानले देखाएको सद्भावको प्रशंसा गरे । उनले समाजमा अझै पनि फरक क्षमताका व्यक्ति, वृद्धवृद्धा, असहाय, र दिनदुखीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै प्रतिष्ठानले गरेको कार्यक्रम अनुकरणीय रहेको बताए ।

कार्यक्रममा सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्रका व्यवस्थापक सन्दिप भट्टराईले फरक क्षमताका विद्यार्थीहरुलाई प्रतिष्ठानले देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले सबैको सहयोग र स्दभावले नै अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार र शिक्षित बनाउने उद्देश्यले २०६७ सालमा केन्द्र स्थापना गरी काम गर्दै आएको बताए । सोही अवसरमा प्रतिष्ठानले फरक क्षमताका विद्यार्थीहरुका लागि नगद ६ हजार आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष रेखा विष्टको अध्यक्षता, कोषाध्यक्ष अनु खनालको स्वागत, सचिव कमल भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कला र संस्कृतिको संरक्षणमा क्रियाशिल रहँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले वातावरण सरसफाई, वृद्धवृद्धाहरु र असहायहरुको उद्धारमा रचनात्मक कार्य गर्दै आएको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago