आजको राशिफल तथा पञ्चाङ्ग

आज मिति २०७७ साल चैत्र ०१ गते आईतबार । तदनुसार २०२१ मार्च १४ तारिख, फाल्गुन शुक्लपक्ष प्रतिपदा तिथि, उत्तराभाद्रपदा नक्षत्र मीन रासी चैत्र संक्रान्ति, चन्द्रोदय लोसार, पञ्चक, आउनुहोस सुर्यनाराणयको स्मरणसँगै आजको दिनको सुरु गरौ ।

मेष<> (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विभिन्न सँघसंस्थामा पदोन्नती हुँने सम्भावना रहेकोछ । लामो दुरिको उपलब्धिमुलक मनोरञ्जनात्मक तथा व्यावसायिक यात्रा हुनेछ । आजको दिनमा लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्ने योग रहेकोछ, अग्रजका सुझाब सल्लाहले एक दुई कदम अगाडि बढि प्रगति पथमा लम्कन सकिनेछ ।

बृष<> (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा आम्दानि बढ्नेछ, सोचे भन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेमप्रेमिकाका लागि आजको समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

मिथुन<> (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसाय फस्टाएर जानेछ आज बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेसँभापना छ । पढाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

कर्कट<> (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सोचेका कामहरु विग्रिन सक्नेछन प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

सिंह<> (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
तपाईं सँग प्रतिष्पर्धा गर्नेहरुलाइ उछिन्न सकिनेछ । नया प्रकृतिको व्यावसाय गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।

कन्या <> (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन जित्न सकिनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा हुनेछ ।

तुला <> (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावली पक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् । खर्च बढेपनि राम्रा कामहरु गर्न सकिनेछ ।

बृश्चिक<> (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्दा मन प्रशन्न हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला ।

धनु <> (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।

मकर<> (भो,जा,जी,ख,खी,खू,खे,खो,गा,गी)
आजको दिनमा तपाईले सुरु गर्नुहुने काममा अरुवाट उच्च मुल्याङकन हुनेछ । व्यापारमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ <> (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो महत्व गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।                  मीन<> (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

चाइनिज क्यालेन्डर अनुसार छोराछोरी जन्माउनेवारे जानकारी:
उदाहरणको लागि मानौ: महिलाको उमेर २४ वर्षको उमेरमा गर्भ रहे पौषमा रहे छोरा, माघमा रहे छोरी, फागुनमा छोरा, चैत्रमा छोरा, वैशाखमा छोरी, जेठमा छोरा, असारमा छोरा, श्रावणमा रहे छोरी, भदौमा रहे छोरी, असौदमा रहे छोरी, कार्तिकमा रहे छोरी, र मंसिरमा रहे पनि छोरी जन्मिन्छ यसै गरि चार्ट अनुसार हेरेर सवैले जान्नु यो प्रविधि ९०% विस्वासिलो रहेको जानकारहरुले वताएका छन । “धर्मो रक्षति रक्षत:” । ज्यो. जयराम सापकोटा

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago