पछाडीबाट जादैगरेको टिप्परले अगाडी गईरहेको टिप्परलाई ठक्कर दिदा दुबै टिप्पर सडकबाट खसेका थिए ।
पाल्पा, जेठ ३० । तानसेन रिडि सडक खाण्डमा दुई टिप्पर सडकदेखि खस्दा एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परि चार जना घाईते भएका छन् । ज्यान गुमाउने रुरु गाउँपालिका २ गुल्मीका ४५ वर्षीय टंक बहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गम्भीर घाईते भएका उनलाई तानसेन स्थित युनाईटेड मिसन अस्पतल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार ………………………. पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या छ पुग्यो
दुर्घटनामा घाइते हुनेहरु रुरु गाउँपालिका २ की ४२ वर्षीया रमा कुवंर र ललितपुर घर बताउने अन्दाजी २६ वर्षीय राजेन्द्र बजगाईको अवस्था गम्भीर रहेको छ । यस्तै गुल्मीको रुरु गाउँपालिका २ का ३८ वर्षीय अशोक कुवँर र नवरपरासीको सुनवल नगरपालिका ९ का २२ वर्षीय किसन कुवंर को मध्ययम अवस्था रहेको छ । घाईतेहरुको मिसन अस्पतालमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार रिब्दीकोट गाउँपालिका २ लघुवा नजिकै बुटवलदेखि गुल्मीतर्फ जादै गरेका बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रदेश नं. ३ ००१ क ०२५० नम्बरको टिप्परलाई ठक्कर दिदाँ दुर्घटना भएको थियो । दुबै टिप्पर अन्यत्रीत भई सडकदेखि २५० मिटर तल खसेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…