नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि उपलब्ध भएको छ । दसैं अगाडि नै यसको बुकिङ खोलेको भए पनि हालै मात्र सो कार नेपाली बजारमा उपलब्ध भएको हो ।

कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया सोनेट नेपाली बजारमा उपलब्ध गराएको हो ।

डिजेल इन्जिनयुक्त किया सोनेट ३ भेरिएन्टमा र पेट्रोल इन्जिनयुक्त किया सोनेट एउटा भेरिएन्टमा उपलब्ध हुनेछ ।

डिजेल इन्जिनमा एचटीएक्सको मूल्य ४७ लाख ९० हजार, एचटीएक्स प्लस अटोमेटिकको मूल्य ४९ लाख ९० हजार र जीटीएक्स प्लसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ । यी सबै १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछन् ।

पेट्रोल इन्जिनयुक्त सोनेटको सुरुवाती भेरिएन्ट एचटीईको मूल्य ३५ लाख ९० हजार रुपैयाँ हुनेछ । यो १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

किया सोनेटले हाल बजारमा प्रचलित हुन्डाई भेन्यु देखि सुजुकी भिटारा ब्रेजा र महिन्द्रा एक्सयूभी ३०० सँग कडा प्रतिस्पर्धा गर्नेछ ।

किया सोनेटमा एलईडी हेडलाइटका साथ एलईडी डीआरएल छ, जुन साइड इन्डिकेटरसँग इन्टिग्रेटेड छ । एलईडी हेडलाइटलाई कियाले क्राउज ज्वेल भन्ने गरेको छ । यसमा टर्बो आकारको फ्रन्ट सिक्ड प्लेट समेत छ ।

सो कम्प्याक्ट एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम उपलब्ध छ । त्यसैगरी यसमा बोसको ७ स्पिकर सिस्टम, इलेक्ट्रिक सनरुफ, फ्रन्ट भेन्टिलेटेड सिट छन् । सो कारलाई स्मार्टवाचसँग कनेक्ट गर्न पनि सकिन्छ । यसको ड्यासबोर्ड धेरै हद सम्म किया सेल्टोस जस्तै छ, जसमा युभिओ कनेक्टिभिटीको विकल्प उपलब्ध हुनेछ ।

यसमा ६ एयरब्याग, ईबीडीका साथ एबीएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सेन्सर, अटो हेडलाइट, ब्रेक असिष्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता आधुनिक फिचर उपलब्ध हुने छन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago