‘पुँजी बजारले ८० प्रतिशत मानिसलाई भोकै/नाङगै पार्छ, त्यसका विरुद्ध लड्नुपर्छ’ पुष्पकमल दाहाल

पहिले पुँजीको लगानी उद्योग र उत्पादनमा हुन्थ्यो । त्यहाँबाट आउने नाफा पुँजीपतिहरुले लिन्थे । आजभोली पुँजीको लगानी उत्पादनमा हुँदैन् । पुँजीको लगानी पुँजीमै हुन्छ । वित्तिय पुँजीवादको मुख्य विशेषता यहि हो की पुँजीको लगानी पुँजीमै हुने र त्यहिबाट नाफा कमाउने । अहिले हेर्ने हो भने धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, वल्र्ड बैंक, एसियाली बैंकलाई तपाई हामीले हेर्दा यी बैंक हुन् ।

पैसा यता उता गर्छन भन्ने जस्तो लाग्छ । तर त्यति सजिलो होइनन् यी सब । यो साम्राज्यवादको विकसित रुपहरु हुन् । यो वित्तिय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अघि बढाउने र नाफा सोहोरेर संसारका केहि मुठ्ठिभर सिमित पुँजीपतिहरुको संसारकै धन एकठ्ठा र विश्वका विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोको नाङगो प्रणाली हो यो ।

सिधै पुँजीबाट पुँजी लिने । पुँजीको लगानी अब उत्पादनमा हुँदैन् । सट्टा बजारमा हुन्छ । धितो पत्र बजारमा हुन्छ । बैंकहरुले सिधै पुँजी घर जग्गा किनबेचमा लगाउँछन् । जग्गाको किनबेचबाट सिधै पैसा कमाउँछन् । त्यसबाट त सिधै अरबौं अरब नाफा थुप्रिने भयो । विश्व भरि नै यस्तोमा पुँजी लगानी हुन थाल्यो । त्यसो हुँदा अब मजदुरहरु कटौती हुँदै जान थाले । त्यसकारण यसको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्नु छ हामीले । जसरी औद्योगीक पुँजीवादसँग लड्ने तरिका माक्र्सले भन्नु भयो । साम्राज्यवाद र एकाधिकारवादी पुँजीवादसँग लड्ने तरिका लेनिनले भन्नु भयो ।

माओले संसोधनवादसँग लड्ने तरिका भन्नु भयो । हामीले चाँही अब यो वित्तिय एकाधिकारवादी पुँजीवादसँग लड्ने तरिका, भूमण्डीकृत वित्तिय पुँजीवादसँग लड्ने तरिका खोज्नुपर्ने अवस्था आएको छ । माक्र्स, लेनिन र माओका पुस्तकहरुमा नभेटिएको यो समस्याको समाधान नखोजेसम्म हामीले उज्यालो(इनलाइटनमेन) आउँदैन् । (माओवादी केन्द्रको प्रदेश सम्मेलन उद्घाटन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले व्यक्त गरेको विचार)

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago