प्रधानन्यायाधीश राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरे

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन् ।

फाइल फोटो

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन जारी रहँदा राणा भने मुख्य गेट छलेर अर्को गेटबाट सर्वोच्च प्रवेश गरेका हुन् ।

बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उनी अदालत आएका हुन् ।मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् ।

महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।प्रधानन्यायाधीश राणा १० :५५ बजे सर्वोच्च प्रवेश गरेका हुन् ।अहिले नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा आन्दोलन जारी छ ।

 

मूलबाटो छलेर सर्वोच्च प्रवेश गर्दै प्रधानन्यायाधीश राणा
Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago