काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा विश्व सम्मेलनको मिति अझै अन्योलमा नै रहेको छ।

फाइल फोटो

संघका पदाधिकारीलाई परराष्ट्र मन्त्री डा. नारायण खड्काले एनआरएनएभित्रको आन्तरिक विवाद मिलाएर आउन निर्देशन दिएका छन्। परराष्ट्र मन्त्रालयमा बिहीबार मन्त्री डा. नारायण खड्कासँग एनआरएनएका अध्यक्ष कुमार पन्त, महिला उपाध्यक्ष रविना थापा र पूर्व अध्यक्ष जीवा लामिछानेबीच छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ।

एनआरएनएका अध्यक्ष पन्तले  परराष्ट्र मन्त्रीसँगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। महाधिवेशन छिट्टै हुने बताउँदै पन्तले भने, ‘परराष्ट्र मन्त्रीसँग छलफल भयो, अव मन्त्रालयले महाधिवेशन गर्न रोक्दैन, चुनाव हुन्छ।’

बैठकमा मन्त्री खड्काले प्रतिनिधि छनोटका विषयमा भएको प्रगतिबारे चासो राखेका थिए। त्यसपछि एनआरएनए अध्यक्ष पन्तले कोषाध्यक्ष महेश श्रेष्ठसहितको अनौपचारिक कार्यदलले तयार पारेको प्रतिनिधि छनोटका समाधान बारेको रिपोर्ट, हालसम्म परराष्ट्र मन्त्रालयले उठाएका सरोकार र समाधानका उपायसहितको लिखित सूची प्रस्तुत गरेका थिए।

यसअघि नै परराष्ट्र मन्त्री डा नारायण खड्काले पूर्व अध्यक्षहरुको बीच प्रतिनिधि छनोटका विषयमा सहमति गरेर आउन आग्रह गरेका थिए।अध्यक्ष पन्तले एक दुई दिनभित्रैमा मतदाता सूची परराष्ट्र मन्त्रीलाई बुझाउने र महाधिवेशनको मिति तोक्ने बताएका छन्।एनआरएनएको १०औं महाधिबेवेशनका लागि तयार गरिएको डेलिगेट्स सूचीमा धाँधली गरिएको भन्दै मन्त्रालयमा उजुरी परे पछि मन्त्रालयले २ पटक एनआरएनएलाई पत्र लेखिसकेको छ।

हालै सम्पन्न राष्ट्रिय समन्वय परिषदहरुको पहिलो विश्व सम्मेलनले संरक्षक परिषदलाई समस्या समाधान गर्न पहल लिन आह्वान गरेको थियो। यस अघि एनआरएनएको कार्यकारी सचिवालयले पनि संरक्षक परिषदलाई जिम्मा दिने निर्णय गरेको थियो। तर पछि उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मालगायतले अध्यक्ष पन्तमाथि  दबाब दिएर उक्त निर्णय लागू नगर्न दबाब दिएको आरोप लागेको छ।

गत अक्टोबर १८ मा कार्यावधि सकिएपछि पन्त नेतृत्वको आईसीसी कामचलाउ बन्न पुगेको छ। निर्वाचन समितिसँग समन्वय गरी चुनाव तथा महाधिवेशन गराउने जिम्मा संरक्षक परिषदलाई दिनुबाहेक अर्को उपयुक्त विकल्प नरहेको केहीको भनाइ छ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago