टिकटक रियालिटी शो हुने

काठमाडौं । टिकटकमा केन्द्रित टेलिभिजन रियालिटी शोको घोषणा गरिएको छ। शिखर नेपाल प्रालिले टिकटक स्टार नेपाल रियालिटी शो–२०७८ प्रसारणमा ल्याउने भएको हो।

फाइल फोटो

शोमा अभिनय, गायन, नृत्य तथा कलात्मक प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने बुधबार राजधानीमा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन्। शोमा गौरी मल्ल, रमेश उप्रेती र वर्षा शिवाकोटी निर्णायक रहनेछन्। शोको प्रतिस्पर्धामा प्रथम हुनेलाई कार, द्वितीयलाई मोटरसाइकल र तृतीयलाई स्कुटर उपहारसँगै उत्कृष्टभित्र पर्ने प्रतिस्पर्धीलाई कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायतका उपहार प्रदान गरिने शोका निर्देशक हरि शर्माले जानकारी गराए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्कर्मीहरू भुवन केसी, सरोज खनाल, उद्धव पौड्याल, पुकार भट्टराई, सन्दीप अर्याल, साहित्यकार भीष्मराज फुलारा र सञ्चारकर्मी सुदर्शनप्रसाद आचार्यलाई शिखर सम्मान–२०७८ बाट सम्मानित गरिएको छ।

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago