नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) सहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपाली काँग्रेसका संसदीय दलका नेता पोखरेलसँगै अन्य ४ जना मन्त्रीलाई शनिबार राति प्रदेश प्रमुख सीताकुमारी पौडेलले एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।
सपथ लिनेहरु काँग्रेसबाट कुमार खड्का,नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले बिना बिभागीय मन्त्रीका रुपमा हुनुहुन्छ ।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार दिउँसो पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पोखरेल काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद तथा एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…