कास्की पोखरा समाज जापानद्वारा पोखराका अस्पतालहरुलाई अक्सिजन सिलिण्डर सहयोग प्रदान

पोखरा । कास्की पोखरा समाज जापानले पोखरामा विभिन्न तीनवटा अस्तालहरुलाई अक्सिजन हस्तान्तरण गरेको छ ।

कोरोना महामारीका कारण अक्सिजन अभावका कारण धेरै नेपालीहरुले ज्यान गुमाईरहेको अवस्थामा कास्की घर भई विभिन्न पेशा, ब्ययवसाय र रोजगारीका शिलशिलामा जापानमा रहेका ब्याक्तिहरुको सहयोगमा कास्की पोखरा समाज जापानले अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।

समाजले गण्डकी प्रदेश चेम्वर अफ कमर्शको समन्यमा ७ लाख खर्च गरेर चीनवाट ५० थान सिलिण्डर खरिद गरि पोखरा- २७ स्थित शिशुवा अस्पताल अन्तर्गतको कोभिड वार्डलाई २० थान, गण्डकी अस्पताल पोखराको कोभिड वार्डलाई १५ थान र पोखरा- ३० को मोहोरियामा रहेको संक्रमक तथा सरुवारोग अस्पताललाई १५ थान गरी ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको समाजका अध्यक्ष विश्व सुवेदीले जानकारी दिनुभयो ।

सिलिण्डर हस्तान्तरण कार्यक्रमहरुमा कास्की पोखरा समाज जापाका कार्यसमिति महिला उपाध्यक्ष अन्जु भण्डारी, पूर्व उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, पूर्व सचिव हरीबहादसर पहरी, अमृत आचार्य तथा कास्की पोखरा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष निरज थापा र सचिव निरज आचार्यको उपस्थिति रहेको समाजका महासचिव विष्णु भण्डारीले जानकारी दिनुभयो ।

कास्की पोखरा समाज जापानले संचालन गरेको कोभिड -१९ राहतकोषका लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु र कार्यक्रम सम्पन्न गर्नका लागि विशेष सहयोग गर्नुभएकोमा चेम्वर अफ कमर्श गण्डकी प्रदेशका अध्यक्ष किसन सुनारलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको समाजका प्रवक्ता दिपक सुनारले जानकारी दिनुभएको छ ।

सहयोगी दाताहरु :-

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago